Explore news and happenings at Bhaktapur

‘स्मल विन्ड टर्बाइन कन्स्ट्रक्सन वर्कसप’ को समापन कार्यक्रम

भक्तपुर । २०७६ साउन १ गते, बुधबार

0

भक्तपुर, १ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु ख्वप इन्जिनियरि· कलेज र ख्वप कलेज अफ इन्जिनियरि·को संयुक्त आयोजनामा भएको एकहप्ते ‘स्मल विन्ड टर्बाइन कन्स्ट्रक्सन वर्कसप’ को समापन तथा प्रमाणपत्र कार्यक्रम बुधबार सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपाले नाफालाई भन्दा व्यापक जनताको सेवामा आधारित कलेज सञ्चालन गरिरहेको चर्चा गर्दै शिक्षालाई श्रमस“ग जोड्ने व्यवहारिक शिक्षा आवश्यक भएको बताउनुभयो ।
उहा“ले ख्वप विश्वविद्यालयको ढिलो–चा“डो सम्बन्धन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो, “जलस्रोतको धनी देशले अबार्“ै रुपैयाँको विद्युत् तथा खाद्यान्न अरुसँग किन्नुपर्ने स्थिति आउनुमा आजसम्म सरकारमा गएका पार्टीहरु दोषी छन् ।”

भारतले निर्माण गरेका बा“धहरुका कारण नेपालमा डुबानमा परेको बताउँदै उहाँले भारतले नेपालमा थिचोमिचो बढाइरहेको हुँदा विद्यार्थीहरु सचेत भई भारतीय विस्तारवादको विरुद्ध लाग्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।

ख्वप इ. कलेजका प्राचार्य सुजन माकले कलेजद्वारा आयोजित अनुसन्धानमूलक कार्यशाला गोष्ठी र अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता विकासमा मद्दत पुग्ने हु“दा ख्वप इ. कलेजले ‘रिसर्च एण्ड डेभ्लेपमेन्ट’ मा बजेट छुट्याएर काम गर्ने तयारी रहेको जानकारी गराउनुभयो ।

ख्वप कलेज अफ इ. का प्राचार्य सुनिल दुवालले उत्पादन श्रमस“ग जोडिएको शिक्षाको अवधारणाअनुसार कलेजहरुले यो कार्यशाला गोष्ठीको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा ख्वप इ. कलेजका उपप्राचार्य रवीन्द्र फो“जू, ख्वप कलेज अफ इ. का उपप्राचार्य रत्नशोभा प्रजापति, किमोन सिलवाल र विकल अधिकारीलगायतले बोल्नुभएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.