Explore news and happenings at Bhaktapur

प्राज्ञहरु कल्पनाशील र सरकारको अगाडि झुक्नुहुँदैन – का. रोहित

भक्तपुर । २०७६ साउन १ गते, बुधबार

0

 

भक्तपुर, १ साउन । ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पस माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले विश्वविद्यालयका कुलपतिहरुले क्याम्पस प्रमुखहरुस“ग घूस लिने गरेको र परीक्षामा अनुत्तीर्ण विद्यार्थीस“ग पैसा लिई उत्तीर्ण गराउने कार्य गरिरहेको चर्चा गर्दै भन्नुभयो, “कुनै पनि व्यक्ति बुद्धिजीवी र सम्पन्न हु“दैमा इमानदार र देशभक्त हु“दैन ।”

इज्जतपूर्वक जीवन बिताई देश र जनताको सेवा गर्ने सोच राख्नुपर्ने आवश्यकता औ“ल्याउ“दै अध्यक्ष बिजुक्छे“ले जीवन सङ्घर्ष हो भन्ने भावना लिई विद्यार्थीहरु अघि बढ्नुपर्छ भन्नुभयो ।

राजनीतिशास्त्र, अर्थशास्त्र, इतिहास र भूगोलजस्ता विषयमा विद्यार्थी घटिरहेकोमा चिन्ता व्यक्त उहा“ले आर्थिक रुपले अगाडि बढेका देशहरुको सूक्ष्म विश्लेषण गर्दै शिक्षा नीति बनाउनु आवश्यक भएको बताउनुभयो ।

“पैसा लिई राजनीतिक नियुक्ति गर्नाले देश भद्रगोल स्थितिमा पुगेको हो । यसको तमाम दोष आजसम्मका सरकारमा जाने पार्टीहरुले लिनुपर्छ ।” उहा“ले भन्नुभयो ।

अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “कुनै कुलपतिलाई शासक दलको दासजस्तै प्रयोग गर्न पाइ“दैन । प्राज्ञहरु कल्पनाशील हुनुपर्छ र सरकारको अगाडि झुक्नुहु“दैन । विश्वविद्यालय स्वतन्त्र निकाय भएकोले सरकारले हस्तक्षेप गर्नुहुन्न ।”

नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले सञ्चालित ख्वप कलेजलाई बीबीएको सम्बन्धन नदिनुले सरकारको नीति निजी क्याम्पसलाई पोस्ने भएको स्पष्ट गर्छ भन्नुभयो ।
गणतन्त्रमा पनि राणा शासनको अवशेष बा“की रहेको स्पष्ट पार्दै उहा“ले ख्वप विश्वविद्यालयको विधेयक पारित नगर्नुमा कामदार जनतालाई शिक्षाबाट बञ्चित गर्ने सरकारको षड्यन्त्र हो भन्नुभयो । राम्रो विद्यार्थी तयार गर्न शिक्षक राम्रो हुनुपर्ने आवश्यकता सांसद सुवालले औ“ल्याउनुभयो ।

संसद्मा विचाराधीन रहेको परमाणु र रेडियोधर्मी विधेयकबारे पनि उहा“ले जानकारी दिनुभयो ।

सांसद सुवालले भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत बनाएको सडक बा“धका कारण नेपालको तराई भूभाग डुबानमा परेको हो भन्नुभयो ।

कार्यक्रमका सभापति एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा भनपाका प्रमुख सुनिल प्रजापतिले ख्वप मावि स्थानीय निकायद्वारा सञ्चालित नेपालको पहिलो विद्यालय भएको र विद्यालयले कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

विशेषज्ञता हासिल गर्ने उद्देश्यका साथ विद्यार्थीले अध्ययनलाई अगाडि बढाउनुपर्ने आवश्यकता औ“ल्याउ“दै प्रमुख प्रजापतिले भन्नुभयो, “देश र जनतालाई केन्द्रमा राखेर विद्यार्थीहरुले अध्ययनमा जोड दिनुपर्छ ।”

भनपाका उपप्रमुख एवम् विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले शिक्षाले बौद्धिकता बढाउने भएकोले नगरपालिकाले कलेजहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

उहा“ले शिक्षक, अभिभावक र विद्यार्थीहरुको सम्बन्ध राम्रो बनाउन विद्यालयले महŒवपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।

वरिष्ठ चिकित्सक शम्भु पहाडीले मानिस स्वस्थ हुन शिक्षाको साथै खेलकुदको भूमिका पनि उत्तिकै हुने चर्चा गर्नुभयो ।
व्यवस्थापन विषयका प्रा.डा. महानन्द चालिसेले भनपाद्वारा सञ्चालिक शैक्षिक संस्थानहरु ‘लर्निङ प्लेटफार्म’ को रुपमा विकास भइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

त्रिवि वातावरण विज्ञानका विभागीय प्रमुख प्रा.डा. रेजिना मास्केले वातावरण विज्ञान विषयको महŒवबारे चर्चा गर्नुभयो ।
महानगरीय परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन्द्र प्रधानले सानो त्रुटीले ठूलो नोक्सानी पु¥याउने भएकोले विद्यार्थीहरु हरेक क्षेत्रमा चनाखो भई अगाडि बढ्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।

सर्जन डा. पुण्यराम खर्बुजाले जीवनमा सिकाइको चरण कहिल्यै समाप्त नहुने उल्लेख गर्दै विद्यार्थीहरु मेहनती र परिश्रमी हुनुपर्छ भन्नुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति पनि देखाएका थिए ।

 

Leave A Reply

Your email address will not be published.