Explore news and happenings at Bhaktapur

भाषा र संस्कृति नरहे जातीय अस्तित्व लोप हुनसक्ने

भक्तपुर, २०७६ असार २८ गते, शनिबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा र संस्कृति नेवारहरूको पहिचान भएको र त्यसलाई संरक्षण गर्न नसके नेवारहरूको अस्तित्व लोप हुन सक्ने बताउनुभयो ।

मिडिया सर्कल भक्तपुरको आयोजनामा शनिबार अजिबाज्या कार्यक्रम २५ औं श्रृङ्खला प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा लिपी, संस्कृति, सम्पदाबारे विद्यार्थीहरूलाई अध्ययन गर्नुपर्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले भक्तपुरकै भाषामा नगरपालिकाले ‘ख्वप पौ’ पाक्षिक प्रकाशन गर्दै आएको जानकारी गराउनुभयो ।

गुठी विधेयकमा मोहियानी हक, रैतानीको अधिकारजस्ता विषयहरू किसानहरूको पक्षमा भएको हुँदा नेमकिपाले ती प्रावधानहरूको समर्थन गरेको बताउनुहुँदै प्रमुख प्रजापतिले गुठी संस्थानअन्तर्गतका मठ–मन्दिर, देवालय, शिवालयको संरक्षणको जिम्मेवारी र आयस्रोत संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिनुपर्नेमा जोड दिनुभयो ।

राजु मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल भाषा साहित्य तःमुंज्याका चन्द्रबहादुर उलक, नेपाल क्रान्तिकारी सांस्कृतिक संघका बालकृष्ण वनमाला, कलाकारहरू सुरेन्द्र मानन्धर, आशाकाजी थकु, श्यामसुन्दर शिल्पकार, हरिकृष्ण दुवाललगायतले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.