Explore news and happenings at Bhaktapur

विपद् व्यवस्थापन जिल्ला समितिको बैठक

भक्तपुर । २०७६ असार २८ गते, शनिबार

0

केही दिनदेखि अविरल परेको पानीको कारण खोलामा आएको बाढीबाट भएको क्षतिबारे समीक्षा गर्न शनिबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरोकारवालाहरूको बैठक बस्यो ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सल्लाघारी र राधेराधे पुलमुनि खोलाको सतहभन्दामाथि ढलान गरेको कारण थोरै पानी पर्दा पनि खोलाको पानी खेत खेतमा पसी बालीमा क्षति भएको बताउ“दै तत्काल त्यसलाई हटाइ पानीको बहाव स्वाभाविक गतिमा बग्न दिनुपर्नेतर्फ प्रजिअ, सडक विभाग प्रमुखको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले भन्नुभयो –‘भनपा र सडक विभागका प्राविधिकहरूको संयुक्त टोली गठन गरेको महिनौं बितिसक्दा पनि प्रतिवेदन पेश नगर्नाले सुधार हुन सकेन । विभिन्न बहाना गरी सडक विभागका प्राविधिकहरू आनाकानी गर्दैछन् । खेतहरूमा लगाइराखेको बाली नोक्सान हुनु त्यसैको परिणाम हो ।’

उहाँले भनपा वडा नं. १ स्थित भाज्यापोखरीमा पर्खाल भत्केका, भनपा वडा नं. ८ मा एउटा घर भत्केको, भनपा ३ बाराहीस्थानमा विपद व्यवस्थापनमा नगर समितिद्वारा सञ्चालित टीमले फोहर पन्छाउने र खोला खुलाउने कार्य गरेको, राममन्दिर, सल्लाघारीलगायतका विभिन्न ठाउँमा बाढीले धान बालीमा क्षति पु¥याएको विवरण प्रस्तुत गर्नुभयो ।

नेपाल प्रहरीको तर्फबाट एस.पी. सबिन प्रधानले यस क्रममा बाढीले बगाएको १ जना युवाको उद्धार गरेको, नगरकोटमा एउटा घरमा हावाहुरीले छाना उडाएको, पाण्डुबजारमा १ वटा घर बाढीले बगाउन लागेकोलाई सुरक्षित गरेको रिपोर्ट पेश गर्नुभयो ।

नेपाली सेनाका कर्णेल शिव पौडेलले धनजनको क्षति हुनबाट रोक्ने सबैको साझा उद्देश्य भएको बताउँदै सरोकारवाला सबै निकायबीच समन्वयको आवश्यकता भएको औंल्याउनुभयो ।

नेपाल रेडक्रस शाखा भक्तपुरका प्रमुख मनोज थापाले चाँगु, झौखेल, चित्तपोल, सुडाल, छालिङलगायतका ठाउँहरूमा १०÷१० वटा त्रिपाल वितरण गरेको र हाल २२ सय परिवारलाई पुग्ने राहत सामग्री उपलब्ध रहेको जानकारी दिनुभयो ।

राजनैतिक दलका प्रतिनिधिहरू, भक्तपुर अस्पताल, जिल्ला जनस्वास्थ्य, विद्युत प्राधिकरण भक्तपुर, सडक विभाग, वारुण यन्त्र, जिल्ला समन्वय समितिका प्रतिनिधिहरू उपस्थित उक्त बैठकले सम्भावित क्षति न्यून गर्न सम्पूर्ण उच्च सतर्कतामा रहने, क्षतिको विवरण यकिन गरी स्थानीय तहले सम्बन्धित निकायको नाउँमा सिफारिस गर्ने, रेडक्रसले स्थानीय तहसँग समन्वय गरी एकद्वार प्रणालीबाट राहत विरण गर्ने, सल्लाघारी र राधेराधे पुलको मुनि ढलान गरेको हटाउन पहल गर्नेलगायतको निर्णयहरू ग¥यो ।

 

Leave A Reply

Your email address will not be published.