Explore news and happenings at Bhaktapur

बागीश्वरी माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम

भक्तपुर । २०७६ असार २९ गते, आइतबार

0

भक्तपुर च्यामासिंहस्थित बागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०७६—७७ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भयो ।

सो कार्यक्रममा उहाँले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुहुँदै विद्यालयको प्रतिष्ठा कायम हुने र समाजप्रति प्रतिबद्ध भएर अध्ययन गर्न मार्गनिर्देशन गर्नुभयो । विद्यार्थीहरूले योग्यता र क्षमताको आधारमा आफ्नो लक्ष्य निर्धारण गरी आ–आफ्नो विषयमा विशेषज्ञता हासिल गर्न उहाँले जोड दिनुभयो ।

नगरपालिकाभित्र संचालित कलेजहरूमा अध्ययन अध्यापन र अनुसन्धानमा पनि जोड दिइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले उच्च शिक्षा हासिल गर्न चाहने योग्य नगरबासी विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था गरिसकेको बताउनुभयो ।

उहाँले राम्रो शिक्षा हासिल गर्नेहरूको आत्मसम्मान बढ्ने बताउनुहुँदै विद्यार्थीहरूले अध्ययन सँगसँगै बानी, व्यवहार र आचरणमा पनि सुधार गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो ।

कार्यक्रममा बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पैसा भएर मात्र इज्जत र सम्मान प्राप्त नहुने बताउनुहुँदै विद्यार्थीहरूले देशको विकासको लागि काम गरी समाज परिवर्तनमा उल्लेखनीय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

वडाध्यक्ष रबिन्द्र ज्याख्वले विद्यार्थीहरूको उद्देश्य र लक्ष्यमा स्पष्ट हुनुपर्ने र आफ्नो शैक्षिक ज्ञान र योग्यतालाई प्रयोग गरी समाजलाई प्रगति गर्ने उद्देश्य राखी अगाडि बढ्न आह्वान गर्नुभयो ।

बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूले आफ्नो रुचिअनुसार विषय छनोट गर्नुपर्ने र विद्यार्थीहरू नयाँ नयाँ प्रविधिसँग साक्षात्कार हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्दा, उपप्राचार्य ज्ञानसागर प्रजापति, डा. बलराम दुवाल, शिक्षक विजयराम प्रजापति र भानुभक्त हुमागाइँलगायतले पनि आ–आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.