Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा छात्रवृत्ति वितरणबारे मा.वि.का प्रधानाध्यापकहरूको बैठक

भक्तपुर, २०७६ असार २६ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार भक्तपुर नगरभित्र सञ्चालित कक्षा ११—१२ सञ्चालित माध्यमिक विद्यालयहरूका प्रधानाध्यापकहरूको बैठक सम्पन्न भयो ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले भक्तपुरको सामुदायिक र निजी विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न लागि परेको बताउनुहुँदै नगरपालिकाले आयोजनामा गर्ने प्रतियोगिताहरू विद्यार्थी केन्द्रित ढंगले अगाडि बढाइरहेको बताउनुभयो ।

सो बैठकले कक्षा ११—१२ मा नगरभित्रका विद्यालयले कुल विद्यार्थीको कम्तीमा ३ प्रतिशत नगरपालिकाको सिफारिसमा छात्रवृत्ति वितरण गर्ने, गत वर्षको छात्रवृत्ति वितरण कार्यलाई निरन्तरता दिंदै छात्रवृत्तिमा भर्ना शुल्क र मासिक शुल्क छुट दिने र कक्षा १२ मा छात्रवृत्तिलाई निरन्तरता दिन कम्तीमा प्रत्येक विषयमा डी प्लस ग्रेड ल्यानुपर्ने साथै आन्तरिक परीक्षा बोर्ड परीक्षालाई आधार मानेर मूल्याङ्कन गर्ने निर्णय ग¥यो ।

Leave A Reply

Your email address will not be published.