Explore news and happenings at Bhaktapur

उपभोक्ता समितिको वनभोज तथा प्रशिक्षण कार्यक्रम

काभ्रेपलाञ्चोक । २०७६ असार २१ गते, शनिबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामा उपभोक्ता समितिमार्फत् भएका विकास निर्माणका कार्य देशकै लागि उल्लेखनीय र प्रशंसनीय रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिका वडा नं. १ उपभोक्ता समितिले शनिबार पलाञ्चोकमा आयोजना गरेको वनभोज तथा प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले समाजको निम्ति सेवाको भावना राखेर काम गर्न र हरेक कुरालाई आलोचनात्मक ढंग विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले एम.डी. वा सोसरह अध्ययन गर्ने नगरबासी विद्यार्थीहरुलाई छात्रवृत्ति दिने प्रक्रिया अगाडि बढाइ सकेको जानकारी गराउनुहुँदै उहाँले जनताको पक्षमा काम गर्ने जनप्रतिनिधिहरुले मात्र जनताको समस्या बुझेर उनीहरुको हितमा काम गर्ने बताउनुभयो ।

उहाँले शिक्षामा अगाडि बढेको समाजले देशको विकासमा टेवा पु¥याउने बताउनुहुँदै उपत्यकाका सम्पदा संरक्षणमा भक्तपुरका कालीगढको सक्रियता प्रशंसनीय रहेको बतानुभयो । उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षण र पुनःनिर्माणका कामलाई आर्थिक आर्जन भन्दा पनि प्रतिष्ठा र अवसरको रुपमा सदुपयोग गर्न उहाँले मार्गनिर्देश गर्नुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको उपभोक्ता ऐनबारे प्रस्ट पार्नुहुँदै वडाका विकास निर्माण कार्यमा वडाबासीहरुको रचनात्मक सहयोगको आवश्यकता भएको बताउनुभयो । उपभोक्ता समितिमा बसेर काम गर्नेहरुलाई इमानदारीपूर्वक काम गर्न प्रेरित गर्नुहुँदै वडाध्यक्ष खत्रीले भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रअनुसार आफ्ना कार्यहरु गर्दै आएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ, स्थानीय कृष्णप्रसाद दुमरु र राजन कोजुले पनि बोल्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा भक्तपुरको भाजु पोखरी र रानी पोखरी, काठमाडौंको रानी पोखरी, ललितपुरको न्हु पुखुमा कार्यरत महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.