Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा बी.ए. र बी.एस.डब्लु.का विद्यार्थीको बिदाइ कार्यक्रम

भक्तपुर । २०७६ असार २१ गते, शनिबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा बी.ए. र बी.एस.डब्लु. २०७३–७५ का विद्यार्थीहरुको बिदाइ कार्यक्रम शनिबार सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा संघीय सांसद प्रेम सुवालले देशलाई सम्हाल्ने काम नयाँ पुस्ताको जिम्मेवारी भएको बताउनुभयो । कानुन र ऐन नियमका विषयमा सबै क्षेत्रका विद्यार्थी सचेत भए देशको सार्वभौमिकता रक्षामा टेवा पुग्ने बताउनुहुँदै सांसद सुवालले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको र सरकार निरंकुश र फासीवादतर्फ उन्मुख भइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले गुठी विधेयकबारे सत्य कुरा थाहा नपाई विरोधमा उत्रनु उचित नभएको बताउनुहुँदै गुठी विधेयकका सकारात्मक र अप्ठ्यारा पक्षमा जनताबीच सैद्धान्तिक छलफलको आवश्यकता औंल्याउनुभयो ।

राजनीति गर्ने नेताहरुको व्यापारिक सोचका कारण देश पछाडि परेको बताउनुहुँदै प्रमुख प्रजापतिले अध्ययन पूरा गरेका विद्यार्थीहरुले आफूले अध्ययन गरेको विषयमार्फत् सामाजिक अभियन्ताको रुपमा सिंगो समाज परिवर्तन गर्ने उद्देश्यले काम गर्न मार्गनिर्देशन गर्नुभयो ।

कार्यक्रममा कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विद्यार्थीहरुले समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने र देशको आर्थिक र सामाजिकको विकासको लागि महŒवपूर्ण योगदान पु¥याउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वप उमाविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले बी.ए. र बी.एस.डब्लुका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.