Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न

भक्तपुर, २०७६ असार १८ गते, बुधबार

0

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा बुधबार सम्पन्न भयो ।

पाँचौं नगरसभाले भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०७६, विनियोजन विधेयक २०७६ र भक्तपुर नगरपालिकाको आ.व. २०७६÷७७ को २ अर्ब १३ करोड १० लाखको विनियोजित बजेट सर्वसम्मतिले पारित गर्यो ।

सभामा सम्बोधन गर्नुहुँदै सभाध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिले नगर विकासको लागि सीमित बजेटलाई अधिकत्तम सदुपयोग गर्ने बताउनुहुँदै बजेट विनियोजन आवश्यकता र प्राथमिकताको आधारमा गरिएको बताउनुभयो ।

गा¥हो कामदेखि नडराउने राजनैतिक कार्यकर्ता असल कम्युनिष्टको विशेषता हुने बताउनुहुँदै प्रमुख प्रजापतिले जनताको सेवामा जस्तोसुकै कठिन काम गर्न पनि सँधै तयार हुनुपर्ने बताउनुभयो । हामी कम्युनिष्ट कार्यकर्ता हौं, हामीले आफूलाई होइन घर बनाउन नसकेर टहरामा बस्ने भूकम्प पीडितलाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु मालिक होइन सेवकको भावनाले अभिप्रेरित भएर काम गर्ने विचार राख्नुभयो ।

आ.व. २०७६—७७ को बजेटमा सम्पदा शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताउनुहुँदै भक्तपुरलाई नमुना नगर शब्दले नभई व्यवहारले पूरा गर्ने र भक्तपुरलाई एउटा आदर्श नगरको रुपमा विकास गर्ने उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आर्थिक विधेयक, विनियोजन विधेयक र आ.व. २०७६÷७७ को वार्षिक बजेटमा सभासद्हरूद्वारा व्यक्त गरिएका जिज्ञासाहरूबारे स्पष्ट पार्नुहुँदै विकास निर्माणका कार्यहरू गर्नुपुर्व सम्भाव्यता अध्ययन गरी अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।

सभाले पाँचौं नगरसभामा पेश भएका निर्णय अनुमोदन, सेवा करार कार्यपालिकालाई अधिकार दिने, संगठनस्वरुप र दरबन्दी, कर्मचारीहरूको वृत्ति विकास, खर्च समर्थन, प्रोद्भावी लेखा प्रणाली लागू गर्ने, योजना जाँच पास तथा फरफारक, वार्षिक खरिद योजना, अन्तिम लेखा परीक्षण प्रतिवेदन, पुरानो नगर क्षेत्रको परिभाषा थप गर्ने, निर्माण सम्पन्न प्रमाणपत्र दस्तुर र कर्मचारीहरूको बारेमा गरी थप १३ वटा प्रस्तावहरू सर्वसम्मतिले पारित गर्यो ।

बुधबार भएको आर्थिक विधेयकमाथि भएको छलफलमा सभासद्हरू सूर्यप्रसाद श्रेष्ठ, पशुपति प्रजापति, हरिरत्न गोर्खाली, सिद्धिराम अवाल, बलराम न्हिसुतु, सम्झना खाइजु, शिवप्रसाद बालालगायतले सुझावहरू राख्नुभयो ।

सभामा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नगरसभाका थप प्रस्ताबहरू पेश गर्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पा“चौं नगरसभाबारे संक्षेपमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.