Explore news and happenings at Bhaktapur

विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, २०७६ असार १७ गते मंगलबार।

0

भक्तपुर नगरपालिकाको आयोजनामा विपद् व्यवस्थापन तालिम शिक्षालय, नेपाली सेनाको प्राविधिक सहयोगमा विपद् व्यवस्थापनसम्बन्धी चारदिने अभिमुखीकरण समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम एक समारोहबीच मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरवासीहरूलाई हरेक कुराले पोख्त बनाउन शिक्षाको माध्यमबाट विपद् व्यवस्थापन तालिम आयोजना गरेको बताउनुभयो ।
उहाँले तालिम प्राप्त प्रशिक्षार्थीहरू स्वयम्स्फुर्त देशको सेवा र समाजको उद्धार गर्न लागिपर्नुपर्ने बताउनुभयो । उहाँले मानवीय र प्रकृति विपद्को लागि आवश्यक सामानहरू नगरपालिका र हरेक वडामा तयारी गर्ने बताउनुभयो ।
कार्यक्रममा १ नं वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले विपद् व्यवस्थापन कोष परिचालन समिति नगर प्रमुखको संयोजकत्वमा बनिसकेकोले विपद्मा तालिम प्राप्त प्रशिक्षार्थीहरूबाट विपद्मा उद्धार गरी प्राथमिक उपचार हुने आशा व्यक्त गर्नुभयो ।
विपद् व्यवस्थापन तालिम शिक्षालय, नेपाली सेनाका सेनानी एवम् प्रशिक्षक टोलीका संयोजक भगिरथ महतले तालिमबाट आँखा खोलिन्छ भन्नुभयो ।
उहाँले नगरपालिकाले यो तालिमलाई कसरी सदुपयोग गर्ने हो सो नगरपालिकाको हातमा रहेको बताउँदै विपद् व्यवस्थापनमा नगरपालिकाले एउटा इँटा थप्ने कार्य गरेको बताउनुभयो ।
प्रशिक्षार्थी वडा निरीक्षक रामकृष्ण प्रजापति, चन्द्रलक्ष्मी खत्री गोठे र नगर निरीक्षक दिलिपकुमार सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.