Explore news and happenings at Bhaktapur

भक्तपुरको दरबार क्षेत्रमा हरियाली क्षेत्र प्रवर्द्धन कार्यक्रम

भक्तपुर । २०७६ जेठ १ गते, आइतबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा नियमित पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत आइतबार भक्तपुरको दरबार क्षेत्र परिसरमा हरियाली प्रवद्र्धन गर्न गमलामा विभिन्न जातका फूल र हरियाली हुने विरुवाहरु रोप्ने कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले नगरको दिगो विकासको अवधारणाअनुसार नगरका विभिन्न क्षेत्रमा ढुंगा छपाइ भइरहेको जानकारी गराउनुभयो । नगरपालिकाको स्रोत नगरबासीहरुमा नै वितरण गर्ने उद्देश्यले स्थानीय जनशक्ति परिचालन गरी कार्य गर्दै आएको जानकारी गराउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर भौगोलिक रुपमा सानो तर ऐतिहासिक र पुरातात्विक सम्पदाले महत्त्व बोकेको जिल्ला भएको बताउनुभयो ।
विभिन्न जातजातिका फूल र बोटहरुले सम्पदास्थल श्रृंगार्ने उद्देश्यअनुसार नगरपालिकाले दरबार क्षेत्रमा गमला र फूलको व्यवस्था गरी आरम्भ गरेको र यसलाई क्रमशः विस्तार गर्दै जाने बताउनुहुँदै प्रमुख प्रजापतिले सम्पदा स्थलहरुमा रात्रीको समय बत्तीको व्यवस्था गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरु क्रमशः पुनःनिर्माण गरिरहेको र ठूल्ठूला संरचना पुनःनिर्माण गर्न संघीय सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएकोले कला–संग्रहालय भवन, पुरानो नगरपालिकाको भवन र पुरानो नक्सा शाखा भवन पुनःनिर्माण कार्य ढिलो भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाअध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.