Explore news and happenings at Bhaktapur

‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न

0

भक्तपुर, ३२ जेठ । ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयमा ख्वप कलेज, देकोचाको आयोजनामा दुई दिने राष्ट्रिय सम्मेलन शनिबार समापन भयो ।
विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा भएको सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सम्मेलनमा प्रस्तुत कार्यपत्रको निष्कर्ष विद्यार्थी एवम् देशकै लागि उपयोगी हुने आशा व्यक्त गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “सरकारले देशको सन्तुलित विकासमा जोड दिनुपर्छ । सरकारको ध्यान सारा जनताको हितमा नीति बनाउनेमा केन्द्रित हुनुपर्छ ।”
प्रदेश प्रमुख र प्रदेश कार्यालयको सम्पर्क कक्ष राजधानीमा राख्ने व्यवस्था पञ्चायतको अञ्चलाधीश कार्यालय जस्तै हुने चर्चा गर्दै उहा“ले भन्नुभयो, “प्रदेशलाई आर्थिक र प्रशासनिक अधिकार दिनुपर्छ । सङ्घले प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई निर्देशन दिनु सङ्घीयताको मर्म विपरीत हो ।”
प्रधानमन्त्री, मन्त्री र संसद् भनेको देशको नीति–नियम बनाउन थलो भएकोले सांसदलाई विकास बजेट दिएर नगरपालिका र गाउ“पालिकाले गर्ने विकासे काम गराउनु गलत कदम भएको सांसद सुवालले बताउनुभयो ।
‘अनिवार्य, निःशुल्क र वैज्ञानिक शिक्षा’ शिक्षा मन्त्रालयको नारा हुनुपर्छ, सांसद सुवालको सुझाव थियो ।
सरकारले प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गर्नुभन्दा पनि संसारमा शोषण, आक्रमण किन हुन्छ ? भन्ने विषयमा विद्यार्थीहरूलाई शिक्षा दिनुपर्ने आवश्यक भएको सांसद सुवालले औ“ल्याउनुभयो ।
ख्वप विश्वविद्यालयको पूर्वाधार तयार भएर पनि ख्वप विश्वविद्यालय विधेयक छलफलमा नल्याउनु राणा र पञ्चायतको जस्तै जनताका छोराछोरीलाई शिक्षा नदिने सरकारको शिक्षा विरोधी नीति रहेको उहा“ले बताउनुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मेलनले देश विकासमा टेवा पुग्ने अपेक्षा गर्नुभयो ।
देशमा सङ्घीयता लागू गर्नुपूर्व कस्तो खालको सङ्घीयता लागू गर्ने विषयमा छलफल केन्द्रित गरी निष्कर्ष निकालेको भए अहिले जस्तो समस्या नहुने उल्लेख गर्दै प्रमुख प्रजापतिले देशको निम्ति प्रदेश आवश्यक छ या छैन भन्ने प्रश्न उठिरहेको चर्चा गर्नुभयो ।
भनपाले शिक्षा–स्वास्थ्य, सरसफाइ, पर्यटन विकास र सम्पदा संरक्षणमा विशेष जोड दिइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले

, भुगोल, संस्कृति, इतिहास, राजनीतिशास्त्र विषय लिई उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई नगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था गर्नुको साथै रू. पा“च लाखसम्म शैक्षिक ऋण र हरेक वर्ष दुई जना चिकित्साशास्त्र विषयका विद्यार्थीहरूलाई एमडी अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनुभयो ।
भनपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले शिक्षित व्यक्तिको आचरण सुसंस्कृत हुनुपर्ने चर्चा गर्दै शिक्षा र व्यवस्थापनको उद्देश्य उत्पादनमूलक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाश कुमार श्रेष्ठ, कार्यक्रम संयोजक राजन फाजू र शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
शनिबारको कार्यक्रममा पूर्व गर्भनर दिपेन्द्रकुमार क्षेत्रीले ‘की नोट स्पीकर’को मन्तव्य राख्नुभएको थियो ।
राष्ट्रिय सम्मेलनमा ३५ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

Leave A Reply

Your email address will not be published.