Explore news and happenings at Bhaktapur

प्रहरी साझेदारी अवधारणाअन्तर्गत अभिभावक तथा विद्यार्थी प्रशिक्षण

भक्तपुर, २०७६ जेठ १ गते, आइतबार ।

0

भक्तपुर नगरलिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिको मन, भावना स्वच्छ नभएसम्म समाज स्वच्छ र सभ्य हुन नसक्ने बताउनुभयो ।
राजर्षि गुरुकुलमा आइतबार आयोजित समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत जनचेतनामूलक अभिभावक तथा विद्यार्थी प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले सभ्य र सु–संस्कृत समाज निर्माण गर्न समाज अपराधमुक्त बन्नुपर्छ भन्नुभयो ।

समयअनुसार अपराधमा परिवर्तन आएको र बढ्दो जनसंख्यासँगै उपत्यकामा अपराधको संख्या पनि बढेको प्रसंग कोट्याउनुहुँदै प्रमुख प्रजापतिले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् हुने काम गर्न नहुनेमा जोड दिनुभयो ।

शिक्षित व्यक्तिहरुबाट पनि अपराध हुनसक्नेतर्फ सचेत पार्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले र्पिर्त जग्गा संरक्षणमा जोड दिंदै आएको बताउनुभयो ।

महानगरीय प्रहरी उपरीक्षक सबिन प्रधानले नाता सम्बन्ध जोडिएकाहरुबाट पनि अपराधहरु हुने गरेको बताउनुहुँदै भक्तपुर जिल्लाको शान्ति–सुरक्षा कायम गर्न प्रतिबद्धताका साथ लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा राजर्षि गुरुकुलका प्रधानाध्यापक लियोन श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.