Explore news and happenings at Bhaktapur

काठमाडौं उपत्यकाका ऐतिहासिक हिटी प्रणालीबारे कार्यशाला गोष्ठी

भक्तपुर । २०७६ जेठ २५ गते, शनिबार

0

 

सरकारले सहज काठ उपलब्ध गरी आवश्यक बजेट विनियोजन गरेको खण्डमा भक्तपुरका सम्पदाहरूले छिट्टै मौलिक स्वरुप ग्रहण गर्नेछ ।
उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार S4w-Nepal  र िहटी पुचः को आयोजनामा सम्पन्न ‘काठमाडौं उपत्यकाको ऐतिहासिक हिटी प्रणाली’ बारे कार्यशाला गोष्ठीमा व्यक्त गर्नुभएको थियो । उहाँले सम्पदा संरक्षणमा संघ सरकारको सहयोग आवश्यक भएको औंल्याउनुभयो ।

प्रविधिको विकास नभएको समयमा पनि पुर्खाहरूले उत्कृष्ट ढंगले सम्पदाहरू निर्माण गरेको प्रसंग कोट्याउनुहुँदै प्रमुख प्रजापतिले गलत मानसिकता भएका व्यक्तिहरूका कारण सार्वजनिक सम्पत्तिहरू विस्तारै लोप हुँदै गइरहेको बताउनुभयो ।

उपत्यकाको घना बस्तीको बीच–बीचमा रहेको पोखरी वातावरणीय हिसाबले पनि महत्वपूर्ण भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका ढुंगेधारा, पाटी–सत्तल, इनारलगायतको संरक्षणमा जोड दिइरहेको बताउनुभयो । उहा“ले नगरपालिकाद्वारा सञ्चालित इञ्जिनियरिङ कलेजमा पढ्ने विद्यार्थीहरूलाई आधुनिकतासँगै प्राचीन प्रविधि सिकाउने र अनुसन्धानात्मक शिक्षामा जोड दिइरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा सम्पदा तथा योजना शाखा प्रमुख रामगोबिन्द श्रेष्ठले उपभोक्ता समितिमार्फत् काम गर्दा संरचनामा अपनत्व हुने, निर्माण संरचना गुणस्तरीय हुने, मौलिक स्वरुप संरक्षित हुने बताउनुहुँदै भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत् यहाँको सम्पदा संरक्षण र विकास निर्माणका कामहरू गर्दै आएको बताउनुभयो । उहाँले भक्तपुरका ढुंगेधाराहरूको ऐतिहासिक तथा सांस्कृतिक महŒवमाथि प्रस्ट पार्नुभयो ।

कार्यक्रममा स्रोत व्यक्तिहरू UN-Habitat Nepal का कार्यक्रम व्यवस्थापक पद्मसुन्दर जोशीले ‘Making of Hiti’, कन्जर्भेसन आर्किटेक्स प्रो. सुदर्शनराज तिवारीले ‘Conservation of Ponds and Stone spouts of Bhaktapur’ बारे प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रममा त्रिवि केन्द्रीय विभाग जुलोजीका सुरेशदास श्रेष्ठ, हिटी पुचः का संयोजक पुरुषोत्तम अवाल र S4w-Nepal का राजाराम प्रजापतिले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.