Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाद्वारा बजेटसम्बन्धी बुद्धिजीवीहरुसँग राय सुझाव संकलन

भक्तपुर । २०७६ जेठ २४ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा शुक्रबार भक्तपुरका बुद्धिजीवीहरूसँग सुझाव संकलन गर्यो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले सम्पदा संरक्षण र विकास निर्माण कार्यमा विदेशीहरूको सहयोगलाई भन्दा सरकारबाट प्राप्त अनुदान र नगरपालिकाको स्रोत सदुपयोग गर्दै आइरहेको बताउनुभयो ।

आर्थिक वर्ष २०७६÷७७ को बजेटलाई नगर र नगरबासीहरूको अधिकत्तम हितमा प्रयोग गर्न आवश्यक राय–सुझावको अपेक्षा गरेको बताउनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाको गतिविधिहरूमा रचनात्मक आलोचनालाई आत्मसात गर्दै अगाडि बढ्ने बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जनतालक्षित बजेट विनियोजन गर्न जनताको राय–सुझावलाई प्राथमिकतामा राखी बजेट तर्जुमा गर्ने बताउनुहुँदै देशको सानो नगरलाई सुविधासम्पन्न नगरको रुपमा विकास गर्ने ढंगले काम गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले यहाँका सम्पदा संरक्षण र अनुसन्धानलाई जोड दिइरहेको बताउनुहुँदै लगनखेलको न्हुपुखु पुनःनिर्माणमा भक्तपुरले प्राविधिक सहयोग गरिरहेको जानकारी गराउनुुभयो ।

कार्यक्रममा उपस्थित २५ जना बुद्धिजीवीहरूले मौलिक नेवारी, सांस्कृतिक गतिविधिमा आधारित पर्यटनको विकास गर्नुपर्ने, भक्तपुरको मौलिक वनस्पतिहरू धनेचा स्वं र मुं स्वंसम्बन्धी अध्ययन अनुसन्धान गरी व्यवसायिक खेती गर्नुपर्ने, इ.सी.डी लक्षित शैक्षिक कार्यक्रम बनाउनुपर्ने, नगरमा जलक्रिडाजस्ता मनोरञ्जनात्मक गतिविधि विकास गरी पर्यटनलाई टेवा पु¥याउनुपर्ने, नगरका विशिष्ट सांस्कृतिक विशेषताहरूको संरक्षण गर्नुपर्ने, पुस्तौ पुराना सांस्कृतिक परम्परालाई संरक्षण गर्नुपर्ने, स्वच्छ खानेपानी व्यवस्था गर्न प्रशोधन केन्द्र सञ्चालन गर्नुपर्ने, परम्परागत सीप र उत्पादनको प्रदर्शनीको व्यवस्था गर्नुपर्ने, कडा रोग लागेका बिरामीलाई प्रदान गरिने आर्थिक सहयोग वृद्धि गर्नुपर्ने, भक्तपुर नगरको सिमानाहरूको सरसफाइमा विशेष ध्यान दिनुपर्ने, नगर प्रवेश गर्ने उकालो बाटोहरूमा ढुंगा छपाइ गर्नुपर्ने, भुस्याहार कुकुर व्यवस्थापन गर्नुपर्ने, नगर क्षेत्रका पर्यटक र सार्वजनिक शौचालयहरूमा विशेष सरसफाइ गर्नुपर्ने, अभिभावक शिक्षालाई जोड दिनुपर्ने, नियमित सांस्कृतिक प्रदर्शनीको व्यवस्था गर्नुपर्ने, ऐतिहासिक संग्रहालय स्थापना गर्नुपर्ने, विषादी प्रयोग भएका फलफूलको परीक्षण गर्नुपर्ने, घरदैलो स्वास्थ्य कार्यक्रम प्रभावकारी बनाउनुपर्ने, स्थानीय पाठ्यक्रममार्फत् नैतिक र व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.