Explore news and happenings at Bhaktapur

नेमकिपाको राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा पत्रकार भेटघाट

भक्तपुर, २०७६ जेठ २० गते, सोमबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विश्व व्यापार संगठनको सदस्य देश संयुक्त राज्य अमेरिकाले संरक्षणवादको नीति अवलम्बन गर्नु गलत भएको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको सोमबार आयोजित राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले चीनलाई एसियाका देशहरूसँग द्वन्द्वमा फसाएर संरा अमेरिका ल्याटिन अमेरिका र अफ्रिकामा आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

संयुक्त राज्य अमेरिका ताइवानको काँधमा बन्धुक राखेर चीनमा आक्रमण गर्ने योजनामा रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले अमेरिकाले कमजोर देशहरूलाई हात–हतियार देखाएर डकैती गरिरहेको बताउनुभयो ।

निकोलस माडुरोले अमेरिकी साम्राज्यवादको विरुद्ध लडिरहेको बताउनुहुँदै भेनेजुयलालाई अन्तर्राष्ट्रिय सहयोग मिलेको कारण अमेरिका अल्मलिएको बताउनुभयो । उहाँले संरा अमेरिकाले नाटोलगायतका देशलाई कम्युनिष्टहरूबाट जोगाउन सैन्य सहयोग गर्दा अमेरिका कमजोर भएकोले ती देशले रक्षा बजेटको २ प्रतिशत दिनुपर्ने धम्की दिएको बताउनुभयो ।

नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले अमेरिकी साम्राज्यवादले चीनविरुद्ध सुरु गरेको व्यापार युद्धले मानव जातिको हित नगर्ने बताउनुहुँदै अमेरिकी साम्राज्यवादले भेनेजुयालाको आन्तरिक मामिलामा गरेको हस्तक्षेप, प्रजग कोरिया र क्युवाविरुद्ध गरेको नाकाबन्दीको विरोधमा नेमकिपाले संसदमा आवाज उठाइरहेको बताउनुभयो ।

सरकार गठन गर्न भारतीय विदेशमन्त्रीलाई नेपाल निम्ता गर्नु गलत गर्नुभएको बताउनुहुँदै सांसद सुवालले हिन्द–प्रशान्त गठबन्धनमा संलग्न हुने सरकारी नीतिको भत्र्सना गर्नुभयो । उहाँले जन्मको आधारमा नेपाली नागरिकता पाएकालाई वंशजको आधारमा नागरिकता दिने प्रावधान देशको हितमा नभएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले गणतन्त्र स्थापनाको १२ औं वर्षमा प्रवेश गरिसक्दासमेत प्रदेश सरकार गणतान्त्रिक पद्धतिमा चल्न नसकेको बताउनुहुँदै सरकारले गणतन्त्रको अनुभूति दिने ढंगमा व्यवहार नगरेकोप्रति आपत्ति जनाउनुभयो ।

नेमकिपा प्रदेश नं. ३ का सांसद सृजना सैंजुले प्रदेश सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा दिए पनि त्यो व्यवहारमा उतार्ने खालको बजेट र योजनाहरू ल्याउन असफल भएको बताउनुहुँदै प्रदेशसभा डन, मेडिकल माफिया, ठेकेदारहरू, घर–जग्गा दलाल, गिट्टी बालुवाका ठेकेदारहरूको छायामा परेको जनगुनासो रहेको प्रस्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष सबिन ख्याजुले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.