Explore news and happenings at Bhaktapur

राय सुझाव संकलन जारी

भक्तपुर, २०७६ जेठ २० गते, सोमबार

1

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरुसँग राय सुझाव संकलन गर्ने क्रममा सोमबार नगरबासी युवा, विद्यार्थी र खेलाडीहरुसँग सुझाव संकलन गरयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले हातमा सीप भएका युवाहरु रोजगारको लागि विदेश जान नपरेको बताउनुहुँदै भक्तपुरका दक्ष डकर्मी, सिकर्मीलगायतका जनशक्तिले देशभरिकै सम्पदा संरक्षण कार्यमा योगदान गरिरहेको बताउनुभयो । उहाँले भक्तपुरका युवाहरु उच्च शिक्षा अध्ययनको लागि विदेशिने तर रोजगारीको लागि कम मात्र विदेशिएको तथ्याङ्कले देखाएको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख रजनी जोशीले भक्तपुरको भौगोलिक सीमिततालाई अवसरको रुपमा प्रयोग गर्दै योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित २१ जना युवा विद्यार्थीहरुले नगरभित्रका पुस्तकालयहरुको स्तरोन्नति गर्नुपर्ने, पर्यटकीय क्षेत्रको सडक सुधार गर्नुपर्ने, युवा–विद्यार्थी र खेलाडीहरुलाई सामाजिक कार्यमा परिचालन गर्नुपर्ने, सांस्कृतिक अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने, सिद्धपोखरीदेखि सल्लाघारीसम्म सडकबत्ती व्यवस्था गर्नुपर्ने, परम्परागत बाजा निर्माण र मर्मत सम्भार तालिम सञ्चालन गर्नुपर्ने, नगरका खेलाडीहरुको प्राप्त पदको आधारमा भनपाबाट सहुलियत दरमा ऋण प्रदान गर्नुपर्ने, कभर्ड हल निर्माण गर्नुपर्ने, विद्यालयहरुमा पनि ब्यायाम सामग्री वितरण गर्नुपर्ने, परम्परागत उपचार विधिको अध्ययन अनुसन्धान गर्नुपर्नेलगायतका सुझावहरु दिएका थिए । सुझाव संकलन कार्यक्रममा ३ नं. वडाका वडाध्यक्ष राजकृष्ण गोराले पनि बोल्नुभएको थियो ।

1 Comment
  1. niraj lawoju says

    gajjab karyakram. yesto karyakram ma ajha dherai yuwa bidhyarthi sahabhagi bhayeko ramro.

Leave A Reply

Your email address will not be published.