Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिका वडा नं. ५ चासुखेलमा बाल्टिन वितरण

२०७६ जेठ १९ गते, आइतबार

0

भक्तपुर नगरपालिका वडा नं. ५ चासुखेलमा आइतबार बाल्टिन वितरण गरियो । कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले पर्यटन सेवा शुल्कबाट आम्दानी भएको रकम नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइमा प्राथमिकता दिई खर्च गरिरहेको बताउनुभयो ।

सामाजिक कार्यकर्ता नारायणप्रसाद त्वानाबासुले भनपाका जनप्रतिनिधिहरुले निर्वाचनमा व्यक्त प्रतिबद्धताअनुसार काम गरिरहेको बताउनुभयो ।

भनपा श्यानिटेशन शाखा प्रमुख दिलिपकुमार सुवालले कुहिने र नकुहिने फोहर छुट्याइ उचित बिसर्जन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भक्तपुरलाई सफा राख्न नगरबासीको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडासदस्य सम्झना लाखा र नारायणकृष्ण माकलगायतले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.