Explore news and happenings at Bhaktapur

बजेट तर्जुमासम्बन्धी मजदुर–किसान भेला

२०७६ जेठ १९ गते, आइतबार

1

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६—७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा आइतबार मजदुर र किसान भेला सम्पन्न गर्यो ।

मजदुर–किसानहरुसँगको राय–सुझाव कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बजेट विनियोजन गर्न जनताको साय–सुझावलाई प्राथमिकतामा राखी योजनाहरु तर्जुमा हुने बताउनुहुँदै नगरपालिकाको रकम जनताकै बीचमा अधिकत्तम प्रयोग गर्ने बताउनुभयो ।

उहाँले नगरबासीहरुको राय–सुझावअनुरुप बजेट बनाउने तयारी रहेको बताउनुहुँदै नगरपालिकाले जनतालक्षित योजनाहरु सञ्चालन गरिरहेको र कृषि विशेषज्ञमार्फत् कौसी खेती, च्याउ खेती, बेमौसमी तरकारी खेती, माटो जाँच, किटनासक औषधि प्रयोग विधि र थ्रेसर मेसिन वितरण गरी दीर्घकालीन रुपमा किसानहरुको हितमा कार्यहरु गरिरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले देशकै सानो नगरपालिका भएर पनि सबै स्थानीय तहहरुको लागि उदाहरणीय कार्यहरु गरिरहेको चर्चा गर्नुहुँदै नगरभित्रका सार्वजनिक र निजी विद्यालयबीचको भेद हटाउन विभिन्न विषयमा तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी किसान तथा मजदुरहरुले भक्तपुर नपामा चिस्यान केन्द्र बनाउनुपर्ने, नयाँ पुस्तामा नैतिक शिक्षा मिल्ने पाठ्यक्रम निर्माणमा जोड दिनुपर्ने, भक्तपुरको सल्लाघारीमा नगर प्रवेशद्वार बनाउनुपर्ने, कम्पोष्ट मल व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, पोखरीहरुमा माछापालन गरी पोखरीको वरिपरि हरियाली व्यवस्थापन गर्नुपर्ने, सफाई मजदुरहरुको लागि तालिम, टोल–टोलमा भएको पर्ति जग्गा संरक्षण र बेरोजगारीको समस्या समाधान गर्न नगरभित्र हस्तकला, धातुकला, मृतिकाकला, काष्ठकलालगायतको उद्योग स्थापना गर्नुपर्नेलगायतका सुझाव दिइएको थियो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

1 Comment
  1. Dip says

    Bkt nagarpalika le bkt ko sampada haru lai matra kina emphasis garxa jaba ki pani jasto basic need nai pura garna sakeko xaina

Leave A Reply

Your email address will not be published.