कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नपाका जनप्रतिनिधिहरूले भक्तपुरका जनताले देखेको समृद्ध र सुसंस्कृत भक्तपुरको कल्पनालाई पूरा गर्न लागिपरेको बताउनुभयो ।

भक्तपुरवासीको शैक्षिकस्तर उकास्न भनपाले उच्च शिक्षाको लागि शैक्षिक ऋण तथा विभिन्न छात्रवृत्तिहरूको व्यवस्था गरेको चर्चा गर्दै विद्यालय तहमा स्थानीय पाठ्यक्रम चरणबद्धरूपमा निर्माण गर्दै कार्यान्वयन गरिरहेको बताउनुभयो ।

स्वास्थ्य सेवालाई सहज बनाउने उद्देश्यले भनपाद्वारा ख्वप अस्पतालको कार्यलाई अगाडि बढाइरहेको बताउँदै उहाँले भनपाले सरसफाइ, स्वास्थ्य, सम्पदालगायतका विषयहरूमा नियमितरूपमा गतिविधिहरू सञ्चालन गरिरहेको छ भन्नुभयो ।

विद्यालयका सल्लाहकार एवम् भवन निर्माण समितिका संयोजक लक्ष्मीनरायण राजलवटले विद्यार्थीहरूको चाप बढेअनुसार आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिंदै विद्यालय भवनको तल्ला थप गर्ने कार्य भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजा, विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद याकामी, शिक्षिका सुशीला न्याइच्याईले पनि बोल्नुभयो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।