Explore news and happenings at Bhaktapur

भनपामा दुई दिने पर्ल्स विश्लेषण तालिम शुरु

२०७६ बैशाख २९ गते आईतबार ।

0

भक्तपुर नगरपालिकाद्वारा आयोजित दुई दिने पर्ल्स विश्लेषण तालिमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दिप प्रज्ज्वलन गरी उद्‍घाटन गर्नुभयो ।

प्रमुख प्रजापतिले सहकारी संस्था व्यक्तिगत भन्दा संस्थागत हितलाई ध्यानमा राखेर पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले देशको अर्थतन्त्रलाई सहयोग पुग्ने गरी उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने र सीपमूलक तालिमहरु संचालन गरेर युवाहरुलाई रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले सञ्चालकहरुको दबाबमा नपरी नीति नियमको आधारमा काम गर्नुपर्ने र उनीहरुको योग्यता सम्पन्न कार्यबाट मूल्यांकन हुने हुँदा सबै कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी गम्भीरताका साथ पूरा गर्नुपर्ने बताउनुभयो ।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाई र खेलकुदलाई प्राथमिकतामा राखी अगाडी बढिरहेको बताउनुहुँदै सबै नागरिकहरु शिक्षित र स्वस्थ हुनुपर्नेमा जोड दिनुभयो । समाजलाई व्यवस्थित गर्न समाजका सबै पक्षहरुको सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

 

 

आर्थिक समितिका संयोजक एवं वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले सहकारी ऐन बारे सहकारी संस्थाहरुका सम्बन्धित पक्षहरुलाई अभिमुखीकरण, अन्तरक्रिया, भेला लगायतका कार्यक्रम संचालन गर्दै सहकारी संस्थाहरुको अनुगमन गरिरहेको बताउनुभयो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं प्रशिक्षक कृष्णगोविन्द लाखाजुले पल्र्स विश्लेषण तालिम सहकारी संस्था व्यवस्थित रुपमा संचालन गर्न महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष हरिराम सुवालले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.