Explore news and happenings at Bhaktapur

भनपा–३ मा कानूनी साक्षरता कार्यक्रम सम्पन्न

२०७६ बैशाख २८ गते शनिबार ।

0

भक्तपुर नगरपालिका ३ नं. वडा कार्यालयको आयोजनामा महिला हिंसा तथा कानूनी साक्षरता विषयक जनचेतनामूलक भेला तथा गोष्ठी भनपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा बंशगोपालमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा प्रमुख प्रजापतिले समाजमा धेरै प्रकारका अपराध हुने भएकोले समाजका सबै नागरिक सचेत भएर लाग्नुपर्छ भन्नुहुँदै कसैको कुभलो नचित्ताई राम्रो समाज निर्माणमा लाग्नुपर्छ भन्नुभयो ।

समाजमा सबै मान्छे राम्रा र सबै नराम्रा नहुने भएकोले राज्यले दण्ड सजायँ कार्यवाहीको लागि अदालत, प्रहरी, सेना व्यवस्था हुने बताउनु हुँदै साम्यवादी समाजमा प्रहरी, अदालत समेत आवश्यक नहुने प्रष्ट्याउनुभयो ।

भेलामा भनपा ३ का वडाध्यक्ष राजकृष्ण गोखा, प्रहरी नायव निरीक्षक नारायण बहादुर चुहान, महिला वडा सदस्य सुनिता अवालले पनि बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.