भक्तपुर नगरपालिकाद्वारा सञ्चालित चिनियाँ भाषा प्रशिक्षण कक्षाका प्रशिक्षार्थी र भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिबीच सोमबार अन्तरक्रिया भयो । कार्यक्रममा प्रमुख प्रजापतिले युवाहरू सक्षम भएमात्र देश अगाडि बढ्ने हुँदा भनपाले युवा लक्षित विभिन्न प्रशिक्षणहरू सञ्चालन गरिरहेको स्पष्ट पार्नुभयो ।

साहस गर्ने मान्छेमात्रै चुचुरोमा पुग्नसक्ने बताउँदै उहाँले भक्तपुरको निम्ति म केही गरुँ भन्ने भावनाले युवाहरू अगाडि आउनुपर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीले आफ्ना जनप्रतिनिधिहरूलाई इमानदारीपूर्वक जनताको हितमा काम गर्न सिकाएको स्पष्ट पार्दै उहाँले भनपाका जनप्रतिनिधिहरू भक्तपुरमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर लागिरहेको बताउनुभयो ।

चिनियाँ संस्कृति मन्त्रीले भक्तपुर चिनियाँ पर्यटकहरूको निम्ति तीर्थस्थल भन्नुभएको स्मरण गर्दै उहाँले सजिलो काम सबैले गर्नसक्ने हुँदा युवाहरू गा¥हो काम गर्न अघि सर्नुपर्ने बताउनुभयो ।

भनपा, महिला बालबालिका तथा समाज कल्याण समितिका अध्यक्ष रोशनमैया सुवालले सिकेको भाषाको निरन्तर अभ्यासमा जोड दिनुभयो ।