Explore news and happenings at Bhaktapur

भनपा–७ मा आगामी योजनाबारे सुझाव स‌ंकलन

भक्तपुर¸२०७६ बैशाख २८ गते शनिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कमीसन विना काम नगर्ने प्रवृत्ति, व्यक्तिगत स्वार्थ र सबै कुरामा अरुको भर पर्दा देश आर्थिक रुपले अगाडि बढ्न नसकेको विचार राख्नुभयो ।

भक्तपुर नपा वडा नं. ७ को आयोजनामा सम्पन्न वडाको प्रगति विवरण एवम् आगामी योजना सुझाव संकलन तथा प्रबचन कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नाराले मात्र देशको विकास नहुने बताउनुहुँदै भक्तपुरवासी जनताका राय सुझाव लिएर नगरपालिकाले आगामी वर्षको योजना तर्जुमा गर्दै जाने बताउनुभयो ।

उहाँले विद्यार्थीहरुको पहिलो रोजाई निजी विद्यालय भएको हुँदा सामुदायिक विद्यालयको स्तर उठ्न नसकेको बताउनुहुँदै भक्तपुर नपाद्वारा सञ्चालित कलेजले देशभरीका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

सम्पदा संरक्षणमा विदेशीको दबाब र हस्तक्षेप अस्वीकार्य भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले नगरभित्रका पर्ति जग्गा संरक्षणलाई पनि प्राथमिकताका साथ अगाडि बढाईरहेको बताउनुभयो ।

कर्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले वडामा भइरहेको विकास निर्माणका काम र वडाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँर्दै भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाउने योजना रहेको बताउनुभयो ।

उहाँले शरिरको सन्तुलित विकासको निम्ति शारिरीक ब्यायाममा जोड दिनुपर्ने बताउनुहुँदै भक्तपुर नपाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न रु ५ लाखसम्म सहुलियत दरमा शैक्षिक ऋणको व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ७ का वडासदस्यद्वय रञ्जना त्वाती र हरिरत्‍न गोर्खाली, नेमकिपा ७ नं. वडा एकाई समितिका संयोजक बलराम गोसाईले पनि वडामा भइरहेको विकास निर्माणका गतिविधिबारे प्रष्ट पार्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.