Explore news and happenings at Bhaktapur

कृषि प्राविधिक तालिमको उद्‌घाटन

२०७६, वैशाख १५ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आधुनिकताको नाममा विकृति भित्रिरहेको बताउनुहुँदै खानेकुरामा हुने मिसावटले जनस्वास्थ्यमा नराम्रो असर पर्ने हुँदा स्वस्थ खानपान ध्यान दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार सम्पन्न कृषि प्राविधिक तालिमको उद्‌घाटन कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख जोशीले कृषि पेशा सम्मानित पेशा भएको र कृषि प्राविधिक तालिमको औचित्यताबारे प्रस्ट पार्नुभयो ।

कृषि क्षेत्रमा भएको प्राविधिक अनुसन्धानले नयाँ नयाँ तथ्य पत्ता लाग्ने बताउनुहुँदै उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले किसानहरुको हितलाई ध्यानमा राखेर उन्नत जातको आलु र गहुँको बिउ निःशुल्क वितरण गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्य्रक्ष राजकृष्ण गोराले कृषक लक्षित गतिविधिहरुलाई नगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताउनुहुँदै सबै वडामा स्थानीय किसानहरुको भेला गरी वडास्तरीय कृषक समूह गठन गरिसकेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, कार्यपालिका सदस्यद्वय कृष्णलक्ष्मी दुवाल र सुनिता अवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.