Explore news and happenings at Bhaktapur

नववर्ष २०७६ साल तथा बिस्का जात्राको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

भक्तपुर, २०७५ वैशाख २ गते ।

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्डको आयोजनामा चैत ३० गते नववर्ष २०७६ साल तथा बिस्का जात्राको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सार्वजनिकीकरणको कुरा गर्ने समाजवादी हुन्छ र निजीकरणको कुरा गर्ने पुँजीवादी हुन्छ भन्नुभयो । कुराले भन्दा काम गरेर देखाउनुपर्नेमा जोड दिंंदै प्रमुख प्रजापतिले भैरवनाथको रथलाई हल्लाएजस्तै जिम्मेवार पदका व्यक्तिले पानी जहाज चलाउन ठाउँ नभएकाले पानी जहाजको उद्घाटन गरेर देशलाई हल्लाइरहेको छ भन्नुभयो । डुड्डामा सानो प्वाल पर्दा पानी छिेरेर डुड्डा डुबेजस्तै समाजमा रहेका २–३ जना नराम्रा व्यक्तिले समाजलाई नै बिगार्न सक्छ तर सपार्न धेरै जनाले मेहिनत र योगदान गर्नुपर्छ उहाँले भन्नुभयो । ५ तले मन्दिर, ५५ झयाले दरवार, वत्शला मन्दिर जस्ताको अनुसन्धान गरी विद्यावारिधि गर्न सकिने बताउँदै प्रमुख अतिथि प्रजापतिले जात्रालाई भव्यरुपमा मनाउनुपर्छ भन्नुभयो ।

विदेशीले शर्तविनाको सहयोग नगर्ने बताउँदै उहाँले परराष्ट्र मन्त्रीले गरेको सम्झौताले उत्तर कोरियामा अमेरिकाले लगाएको नाकाबन्दीलाई नेपालले समर्थन गर्नुपर्ने र चीनबाट भागेकालाई दलाइ लामासंग भेट गराउने शर्त नेपालको असंलग्न नीतिविपरित रहेको बताउनुभयो । लागनी वोर्डको खारेज गर्न आवाज उठाउँदै आएको उल्लेख गर्दै प्रमुख प्रजापतिले ६ करोड भन्दा बढी लगानी गर्नेलाई कर छुट हुने नीतिले नेपाल विदेशीको उपनिवेशमा ढकेल्नेछ र वर्षको १३-१४ खरवको वजेट हुने नेपालले ३०-३५ खरवको रकम भित्र्याउने सोचले अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिनु नेपालको अर्थतन्त्र परनिर्भर बनाउने वातावरण बन्छ भन्नुभयो ।

कलेजले भौतिक संरचनालाई अधिकतम प्रयोग गरी शैक्षिक क्षेत्रलाई बढवा गनुपर्नेमा जोड दिंदै उहाँले सम्पूर्ण शिक्षक कर्मचारीहरुले इमान्दारिपूर्वक काम गर्नु भएकोमा खुशी व्यक्त गर्नुभयो । ब्रम्हायणी, महेश्वरी, छुमा गणेश, इन्द्रायणीजस्ता देवताहरुको आ–आफ्नो टोलमा स्थानीय जात्रा मनाउने भएकोले विस्का जात्राको महत्व धरेै छ भन्नुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष आर्किटेक्ट रजनी जोशीले कालीगढ तथा प्राविधिकहरु तयार गरी मौलिकता झल्कने कार्य गर्नुपर्छ भन्नुभयो ।

उक्त कार्यक्रममा ख्वप इन्जिनियरिड्ड कलेजका प्राचार्य ई.सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिड्डका प्राचार्य ई.सुनिल दुवाल तथा उपप्राचार्यहरु ई.रविन्द्र फोजू र ई.रत्नशोभा प्रजापतिले शुभकामना दिनुभयो ।

दुबै कलेजका विभागीय प्रमुखहरु ई.अमितशंकर रंजित, ई.रमेश बाला, आ.रिजिना बज्राचार्य, ई.शिबकुमार श्रेष्ठ, ई गजेन्द्रभक्त सुवाल, श्री नवराज बूढाथोकी, प्रा.राजुभाइ त्यात, डा.मन्जिप शाक्य, आ.लिवास फैजू, डा.जटाधर झाः र ई.चन्द्र किरण कवांले शुभकामना दिनुभयो ।

दुबै कलेजका शाखा प्रमुखहरु ई.गणेशराम ध्वजू, सिद्धिराम सुवाल, काजी बहादुर पञ्च, राजन जति, जसतारा कोजू र सन्जय मानन्धरले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.