आइतबार अपराह्न भएको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण सामान्य क्षति पु¥याएको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको राममन्दिरमा पार्किङ गरिएका चार वटा निजी सवारी साधन डुबेको थियो । स्थानीय बासिन्दा र प्रहरीको अग्रसरतामा गाडीलाई सुरक्षित स्थलमा सारिएको थियो । बाढीले भक्तपुर नपा वडा नं ७ गःभिंद्यो हनुमन्ते पुलमा बनिरहेको पुल निर्माणस्थललाई प्रभावित बनायो ।
भक्तपुर नपाले बनाइरहेको सो पुलमा कुनै खतरा आउन नदिन खोलाको पानीलाई निकास दिन डोजरले अलग कुलो खन्नुपरेको थियो । विभिन्न क्षेत्रमा बाढीले पु¥याएको नोक्सान र अवस्था बुझ्न भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति नेतृत्वको टोलीले स्थलगत अवलोकन गरेको थियो ।