Explore news and happenings at Bhaktapur

ख्वप कलेजको आयोजनामा (द एकेडेमी) बुलेटीनको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०७५ चैत्र १८ गते सोमबार ।

0

“कुनै पनि विषयलाई सुक्ष्म तथा गहनढंगले अध्ययन गर्नु आवश्यक छ । सर्वहारा वर्गको हुकुम कार्ल माक्र्सको राजनीतिशास्त्रमा महŒवपूर्ण योगदान हो । मजदुर वर्गले नै पुँजीवादी व्यवस्थालाई समाप्त गरी समाजवाद स्थापना गर्छ । ”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपाल प्राध्यापक समाजद्वारा प्रकाशित ‘द एकेडेमी’ बुलेटिन विषयमा ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसको आयोजनामा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
मजदुरहरुको श्रम शोषणबाट नाफा सिर्जना हुने चर्चा गर्दै उहाँले अतिरिक्त मूल्य मजदुरहरुको श्रमको चोरी हो भन्नुभयो ।
भ्रष्टाचारले गर्दा नै विश्वविद्यालयहरुको गुणस्तर खस्किरहेकोले सचेत हुनुपर्नेमा जोड दिंदै भन्नुभयो, “भनपाबाट सञ्चालित कलेजहरु भ्रष्ट प्रवृत्तिबाट टाढा हुनुपर्छ ।”
पुँजीपतिहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने जानकारी गर्दै अध्यक्ष रोहितले पुँजीवादमा अनेक प्रकारको भ्रष्टाचार हुने जानकारी दिनुभयो ।
“नेपाललाई भारतमा गाभ्ने भारतीय विस्तारवादको योजना रहेको थियो र छ । ठूलो ओहडामा बस्ने नेपालका केही माथिल्ला कर्मचारीहरु भारतीय विस्तारवादको चङ्गुलमा फसेका छन् र थाहै नपाई नेपालको अहितमा काम गरिरहेको जानकारी देशभक्त नागरिकहरुलाई छ” अध्यक्ष रोहितले भन्नुभयो ।
“वीरगञ्जको सुख्खा बन्दरगाह, भारतीय वाणिज्य दूतावासको कार्यालय र लुम्बिनीमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल भारतीय विस्तारवादको स्वार्थअनुसार बनिरहेको हुँदा ती योजनाले नेपाललाई भन्दा भारतीय एकाधिकार पुँजीलाई धेरै फाइदा पुग्नेछ”, उहा“ले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ठगहरुको घेरामा परेको र सरकारले घुमाइ–फिराइ भारतीय एकाधिकार पुँजी हो हितमा सेवा गरिरहेको संसद्मा चर्चा चलेको अध्यक्ष रोहितले बताउनुभयो ।
सैद्धान्तिक र व्यवहारिक रुपमा सशक्त नया“ पुस्ता तयार गर्नुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष रोहितले विद्यालय र कलेजहरुलाई देश र जनतामा समर्पित हुने युवाहरु तयार हुने आशा र विश्वासको निम्ति काम गर्नु आवश्यक छ ।
विद्याथीहरुलाई विवेकशील र देशभक्त बनाउन शिक्षकहरुले मेहनत गर्नैपर्ने उहाँले बताउनुभयो ।

विद्यालय/कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बौद्धिक समुदाय राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “इमान्दार व्यक्तिले राजनीति गरेन भने राजनीति मूर्ख, बेइमान र भ्रष्टाचारीहरुको नेतृत्वमा जाने र अन्ततः देश र जनताले दुःख पाउने हु“दा समाजका प्रबुद्ध वर्गले देश र कामदार जनताको इमानदारीपूर्वक सेवा गर्ने उद्देश्यले राजनीति गर्नुपर्ने हुन्छ ।”
शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र हुनुपर्ने मान्यता राख्दै भनपाले कलेज र जनस्वास्थ्य केन्द्रहरु सञ्चालन गरिरहेको बताउ“दै प्रमुख प्रजापतिले भनपाका कलेजहरु देशको उदहरणीय शैक्षिक संस्थाको रुपमा चर्चित रहेको जानकारी दिनुभयो ।
“भनपाको अगुवाइमा सञ्चालन हुने ख्वप विश्वविद्यालयले बढी भन्दा बढी जनताको सेवा गर्नेछ”, उहाँले भन्नुभयो ।
देश नवउदारवादको चङ्गुलमा फस्दै गएको छ । विदेशीको हित हुने गरी कानुनहरु संशोधन हुँदैछ । नेपालका प्राकृतिक स्रोत–साधनहरु एक–एक गर्दै साम्राज्यवादीहरुले कब्जा गरिरहेको छ । यसबारे जनतालाई सचेत बनाउँदै देशको सार्वभौमिकता रक्षार्थ शिक्षकहरुले भूमिका खेल्नु आवश्यक छ, उहाँले भन्नुभयो ।

ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले समाजबारे चिन्तन गर्ने विद्यार्थी तयार गर्नुपर्ने आवश्यकता औल्याउँदै जीवनमा निराशाको भावना नआउने गरी शिक्षकहरुले विद्यार्थीहरुलाई शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा ख्वप कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठ, शिक्षक तथा कर्मचारीहरु विष्णुप्रसाद किसी, कमिनिका न्याइच्याई, मीरा प्रजापति, जनकराज दास, प्रतिभा श्रेष्ठ, गोकर्ण दुलाल र उमा भट्टले बुलेटिनबारे अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.