Explore news and happenings at Bhaktapur

खकार परीक्षण शिविर

२०७५ चैत २ गते, शनिबार

0

 

भक्तपुर नगरपालिका ३ वडा समितिको आयोजना तथा नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको प्राविधिक सहयोगमा शनिबार वडा नं.३ वंशगोपाल चोकमा लक्षित समूह (वर्ग) पहिचान गरी खकार परीक्षण शिविर सम्पन्न भयो ।

भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्य महŒवपूर्ण भएको हुँदा स्वास्थ्यलाई प्राथमिकता दिई अस्पताल निर्माण, सस्तो र गुणस्तरी सेवा दिने उद्देश्यका साथ जनस्वास्थ्य केन्द्रहरु सञ्चालन भइरहेको बताउनुभयो ।

उहाँले आफ्नो स्वास्थ्य नै ठूलो धन भएकोले रोगलाई नलुकाई समयमै स्वास्थ्य परीक्षण गरी उपचारमा लाग्नुपर्छ भन्नुहुँदै सबैले शिविरबाट लाभ लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले मान्छे अस्वस्थ र बिरामी भएमा धन सम्पत्ति सकिने र अकालमा जीवन जाने बताउनुहुँदै स्वास्थ्यमा सचेत रहनुपर्छ भन्नुभयो ।

कार्यक्रममा भनपा ३ का महिला सदस्य सुनिता अवाल, नेपाल क्षयरोग निवारण संस्थाका सभापति राम सिंख्वालले पनि बोल्नुभएको थियो । शिविरमा महिला ७७ र पुरुष ४९ जनाले खकार परीक्षण गराएका थिए भने १२६ जनाकै नेगेटिभ (सकारात्मक) रिपोर्ट आएको आयोजक समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.