Explore news and happenings at Bhaktapur

भक्तपुरको १० वटै वडामा व्यायाम सामाग्री हस्तान्तरण

२०७५ चैत ४ गते, सोमबार

0

 

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार अन्तरनगर कराँते प्रतियोगिताको सिंहावलोकन तथा विभिन्न वडा र कलेजहरूलाई व्यायाम सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवाहरूलाई अनुशासनमा राख्न र समाजप्रति जिम्मेवार बनाउने उद्देश्यअनुरुप नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले प्रचारको निम्ति नभई समाजको सेवा गर्ने उद्देश्य बोकी नयाँ पुस्ता र पुरानो पुस्ताबीच समन्वय गर्ने उपयुक्त ठाउँको रुपमा व्यायामस्थलहरुले महŒवपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सिंगो समाजलाई अगाडि बढाउनु चुनौतीको विषय भएको बताउँदै प्रमुख प्रजापतिले सबै क्षेत्रका विज्ञहरूले समाजलाई अगाडि बढाउन आ–आफ्नो क्षेत्रमा योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरलाई सन्तुलित विकासमा जोड दिंदै आगामी दिनहरूमा हुने खेल प्रतियोगिताहरूम कमजोर पक्षलाई आत्मसात गर्दै आफ्नो गतिविधिलाई उत्साहित ढंगले अगाडि बढाउने प्रतिबद्धता प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जीवन्त नगर भक्तपुरलाई खेलकुद क्षेत्रमा पनि प्रतिष्ठित बनाउने प्रयास नगरपालिकाले गरेको र खेलकुद प्रतियोगिता जीत–हार भन्दा पनि नयाँ पुस्ताका खेलाडीहरू तयार गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक तथा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले १० वटै वडामा खेलकुद समिति गठन गरी खेलकुद गतिविधिलाई वडा तहबाटै व्यापक बनाएको र खेलकुद सकारात्मक जीवन पद्धतिको लागि आवश्यक भएको बताउनुभयो ।

अन्तरनगर कराँते प्रतियोगिताको सिंहावलोकन कार्यक्रममा राष्ट्रिय रेफ्री राजेन्द्र कपाली, भक्तपुर कराँते संघका अध्यक्ष प्रकाशमोहन धौभडेल, भलिबल खेलका प्रशिक्षक विनोदचरण राय, रामशरण त्वातीलगायतले फागुन ५ देखि ७ गते सम्म सञ्चालित अन्तर नगर कराँते प्रतियोगितामा भएका सकारात्मक पक्ष र कमी–कमजोरीबारे आ–आफ्नो धारणा प्रस्तुत गर्नुभयो । उहाँहरूले प्रतियोगितामा नगरपालिकाले वितरण गरेको पदक कलात्मक भएको, प्रतिस्पर्धी खेलाडी तयार गर्न मद्दत पुग्ने र ग्राउन्ड व्यवस्थापनमा सुधार गर्नुपर्ने पक्षहरू रहेको औंल्याउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं. २, ३, ४, ५, ८ र ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेजलाई पनि व्यायाम सामाग्री वितरण गर्नुभएको थियो ।

   

 

Leave A Reply

Your email address will not be published.