Explore news and happenings at Bhaktapur

सभ्य समाज निर्माणको लागि खेलकुदको आवश्यकता ः प्रमुख सुनिल प्रजापति

२०७५ चैत २ गते, शनिबार

0

 

नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तर वडा खेलकुद समिति पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरस्कार वितरण शनिबार सम्पन्न भयो ।

भक्तपुर नपा वडा नं. १ द्वारा आयोजित उक्त कार्यक्रममा बोल्नुहुँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभ्य समाज निर्माणको लागि खेलकुदको आवश्यकता औंल्याउनुभयो ।

अनुशासनले समाजलाई अगाडि बढाउन महŒवपूर्ण भूमिका खेल्ने बताउनुहुँदै उहाँले भक्तपुर नगरपालिकाले अनुशासित, स्वस्थ, सभ्य र सक्षम नागरिक तयार गर्ने उद्देश्य रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले स्थानीय र मौलिक खेललाई प्राथमिकतामा राखेको बताउनुहुँदै खेलकुद प्रशिक्षण र प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिताहरु आयोजना गरिरहेको बताउनुभयो । भक्तपुर नगरका दशवटै वडामा वडा खेलकुद समिति गठन गरी विभिन्न खेलकुद गतिविधिहरुलाई वडा तहमा व्यापक बनाएको उहाँले बताउनुभयो ।

आज भएको खेलमा भक्तपुर नपा ५ वडा खेलुकद समितिका जीवन कवां र राजेश खाइतु प्रथम, ४ वडा खेलकुद समितिका रबिन घेमोसु र श्यामसुन्दर ख्याजु द्वितीय, ३ वडा खेलकुद समितिका लक्ष्मीनारायण सुवाल, आनन्द हाडा र २ वडा खेलकुद समितिका रबिन लघु र राजु बासुकलाले तृतीय स्थान हासिल गर्नुभएको थियो । विजयी खेलाडीहरुलाई प्रमुख अतिथि सुनिल प्रजापतिले मेडल, ट्रफी र प्रशंसा वितरण गर्नुभएको थियो । साथै उहाँले खेलका एमपायर र रेफ्रिलाई पनि प्रशंसा पत्र दिनुभएको थियो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले ट्रफी संयोजकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.