Explore news and happenings at Bhaktapur

मृगौला, मधुमेह, रक्तचाप र युरिन परीक्षणसम्बन्धी स्वास्थ्य शिविर

२०७५ चैत २ गते, शनिबार

0

 

भक्तपुर नगरपालिका वडा नं. ४ स्वास्थ्य समितिको आयोजनामा शनिबार मृगौला, मधुमेह, रक्तचाप र युरिन परीक्षणसम्बन्धी स्वास्थ्य शिविर भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीलाई स्वस्थ र निरोगी बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले विभिन्न रोगसम्बन्धी स्वास्थ्य शिविरहरूको सञ्चालन गरिरहेको बताउनुभयो ।

रोगको पहिचान समयमै भए मात्र स्वास्थ्य उपचारमा मद्दत पुग्ने बताउनुहुँदै प्रमुख प्रजापतिले शारीरिक अभ्यास र स्वस्थ खानपिन र जीवनशैलीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आँखा मानव शरीरको महŒवपूर्ण अंग भएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा भक्तपुरमा आँखासम्बन्धी सबै सुविधायुक्त आँखा अस्पताल निर्माणको तयारीमा रहेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरमै सस्तो र गुणस्तरीय आँखा जाँच र आँखाको शल्यक्रिया पनि छिट्टै सुरु गर्ने तयारी भएको बताउनुभयो ।

कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले भक्तपुरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर र शिक्षाको केन्द्र बनाउने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको र महिलाहरूको लागि पाठेघरसम्बन्धी शिविरहरूमा १० वटै वडामा सञ्चालन भइसकेको जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा ४ नं. वडा सदस्य राजेन्द्र माक, ४ नं. वडाको स्वास्थ्य समितिका सल्लाहकार उपेन्द्र सुवाल, स्वास्थ्य समितिका सदस्यद्वय न्हुछेराम भेले र कृष्णगोविन्द दुवाल, वडा नर्स बिमला कुम्पाख, हरिसुन्दर सुवाललगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले स्वास्थ्य स्वयम्सेविकाहरूलाई स्वास्थ्य साम्रागी वितरण गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.