Explore news and happenings at Bhaktapur

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति र नेपाल ट्रस्टका पदाधिकारीबीच छलफल

२०७५ चैत १ गते, शुक्रबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नपा पदाधिकारीहरु तथा नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरको नेतृत्वमा आएको नेपाल ट्रस्टका पदाधिकारीहरुबीच शुक्रबार नगरपालिका सभाकक्षमा बैठक सम्पन्न भयो ।

बैठकमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले पर्ति सरकारी जग्गा अतिक्रमण भइरहेको हुँदा जग्गा संरक्षणको आवश्यकतालाई मध्यनजर गर्दै भक्तपुर नपा वडा नं. १ स्थित १०८ रोपनी जग्गाको संरक्षणको कार्य अगाडि बढाएको बताउनुभयो । उक्त जग्गा २०२६ सालमा जग्गा धनीलाई प्रतिरोपनी रु. १२०० र मोहीलाई रु. ८०० दिएर जबरजस्ती राजदरबारले कब्जा गरेकोमा प्रजातन्त्र पुनःस्थापनापश्चात उक्त जग्गा स्थानीय जनताको भावनाअनुसार ख्वप विश्वविद्यालय स्थापनाको निम्ति सरकारसँग पटक पटक माग भएको स्मरण गर्दै प्रमुख प्रजापतिले जनताको सहयोग र सहभागितामा सरकारी जग्गा संरक्षण र सम्बद्र्धनको कार्यलाई अगाडि बढाएको बताउनुभयो ।

नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरले नेपाल सरकारको स्वामित्वमा रहेको १०८ रोपनी जग्गाको संरक्षण आवश्यक भएको र उक्त जग्गाको संरक्षण गरेकोमा भक्तपुर नपालाई धन्यवाद दिनुहुँदै बाँकी काम पनि भक्तपुर नपा र नेपाल ट्रस्टको समन्वयता नै गर्न पाए राम्रो हुने बताउनुभयो । उहाँले सरकारको सम्पत्ति जनताकै सम्पत्ति भएको हुँदा १०८ रोपनी जग्गा संरक्षण गरी जनताको हितमा अधिकत्तम सदुपयोग गर्ने विचार प्रस्तुत गर्नुभयो । उहाँले नागरिक कल्याणको निम्ति गरेको संरक्षण कार्य सकारात्मक रहेको बताउनुभयो ।

 

आजको छलफलले भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको १०८ रोपनी जग्गाको संरक्षणसँगै भक्तपुरवासी जनताको हितमा अधिकत्तम सदुपयोग गर्ने, १०८ रोपनी जग्गा संरक्षणका लागि भक्तपुर नपाले आफ्नै लगानीमा नक्सापास गरी उपभोक्ता समितिमार्फत् रु. ९८ लाख बराबरको बजेटमा उक्त जग्गाको पूर्व, दक्षिण र पश्चिमतिर पर्खाल लगाइरहेको कार्यप्रति नेपाल ट्रस्ट सकारात्मक रहँदै उक्त जग्गा के–कति क्षेत्रफल छ भन्ने पुनः यकिन गर्न भक्तपुर नगरपालिका र नेपाल ट्रस्टको संयुक्त रोहबरमा नापी कार्यालयमार्फत नाप जाँच गरी सिमाड्ढन गर्ने पनि निर्णय ग¥यो ।

 

 

Leave A Reply

Your email address will not be published.