Explore news and happenings at Bhaktapur

विद्यार्थीको पहिलो रोजाई सामुदायिक विद्यालय हुनुपर्छ ः प्रमुख प्रजापति

२०७५ चैत १ गते, शुक्रबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा आर्जनको लागि अभिभावक र विद्यार्थीको पहिलो रोजाई सामुदायिक विद्यालय हुनुपर्नेमा जोड दिनुभयो ।

आधारभूत विद्यालय समितिको २० औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले सामुदायिक विद्यालयहरु निजी विद्यालयसँगको प्रतिस्पर्धामा जान नहुने विचार राख्नुभयो ।

सामुदायिक विद्यालयको स्तर राम्रो बनाउन स्थानीय सरकार, शिक्षकको मेहेनत र विद्यार्थीहरुको लगनशीलता आवश्यक भएको बताउनुहुँदै प्रमुख प्रजापतिले नगरभित्रका सामुदायिक विद्यालयहरुको भौतिक सुधारको लागि आर्थिक सहयोग प्रदान गर्दै आएको र शैक्षिक स्तर उठाउन शिक्षक–शिक्षिकाहरुलाई मन्टेश्वरी सिकाइ प्रविधिको तालिम सञ्चालन गरेको बताउनुभयो ।

भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुद आदिको विषयमा नयाँ पुस्तालाई जानकारी दिन भक्तपुर नगरभित्रका सबै विद्यालयहरुमा शिक्षा ऐन र स्थानीय पाठ्यक्रम लागु गरेको बताउनुभयो ।

पद्म माविका स्रोत व्यक्ति धु्रवलाल हमालले आधारभूत विद्यालय समिति विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न गठन भएको बताउनुभयो । शिक्षकहरुको दायित्व विद्यार्थीलाई पढाउने मात्र नभएको बताउनुहुँदै उहाँले समाजलाई अगाडि बढाई समुदायको आवश्यकता परिपूर्तिमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

बासु माविका प्रअ अम्बिका न्याइँच्याइँले समितिले गुणस्तरीय शिक्षा र शिक्षण पद्धति परिस्कृत बनाउन महŒवपूर्ण भूमिका खेलेको उल्लेख गर्दै विद्यार्थीको बौद्धिक क्षमता विकासको निम्ति अतिरिक्त क्रियाकलाप सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।

आधारभूत माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष पुष्पलाल सुजखूले देशको लागि असल नागरिक तयार गर्ने उद्देश्यले समितिको स्थापना भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले २०७५ सालमा अवकाश प्राप्त शिक्षक–शिक्षिकाहरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । साथै विभिन्न प्रतियोगिताका विजयीहरुलाई पदक र प्रमाण पत्र दिनुभएको थियो ।

     

Leave A Reply

Your email address will not be published.