Explore news and happenings at Bhaktapur

भक्तपुर नपाबाट प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलको बिदाइ

२०७५ फागुन २१ गते, मंगलबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेललाई आज एक समारोहबीच बिदाई गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा मंगलबार भक्तपुर नपाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलको बिदाई कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दोसल्ला ओढाई प्र.प्र.अ. पोखरेललाई बिदाई गर्नुभयो ।

बिदाई समारोहमा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको नेतृत्व र कर्मचारीको सहयोगी भावनाकै कारण नगरपालिकाले उत्कृष्ट ढंगले काम गर्न सजिलो भएको बताउनुभयो । उहाँले जनप्रतिनिधिको कमजोर पक्षमा कर्मचारीहरूले रचनात्मक सहयोग गर्नुपर्नेे आवश्यकता औंल्याउनुभयो ।

उहाँले सरकार सफल वा असफल हुनुमा कर्मचारीहरूको ठूलो हात हुने बताउनुहुँदै कर्मचारीहरूले राम्रोसँग काम गरे देश छिटो विकास हुने र भक्तपुर नपाले कर्मचारीहरूलाई राम्रोसँग काम गर्न उत्साहित गरिरहेको बताउनुभयो ।

समाजलाई अगाडि बढाउन र नगरवासीको हितमा काम गर्न योगदान पु¥याउनुभएकोमा धन्यवादज्ञापन गर्नुहुँदै प्रमुख प्रजापतिले आफ्नो फुर्सदिलो समयमा जीवनका अनुभव लिपिबद्ध गरी नयाँ पुस्तालाई मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिनुभयो ।
राजनीति भनेको समाजप्रति जिम्मेवार भई समाजको सेवा गर्नु हो । प्रमुख प्रजापतिले भन्नुभयो – ‘नया“ पुस्ताले समाजलाई अगाडि बढाउने हुँदा नयाँ पुस्तालाई उत्साहित र परिस्कृत गर्दै लानुपर्छ ।’

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सकारात्मक सोच लिएर जनप्रतिनिधि र कर्मचारीको काममा पु¥याएको सहयोग अतुलनीय भएको र भक्तपुर नपाको काममा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत पोखरेलको महŒवपूर्ण योगदान भएको बताउनुभयो ।

कार्यक्रममा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले जनप्रतिनिधि र कर्मचारीको साथ र सहयोगले आफ्नो जिम्मेवारी पूरा गर्न सहज भएको बताउनुभयो । अन्य स्थानीय तहमा भन्दा भक्तपुर नपामा राम्रो र व्यवस्थित ढंगले काम भएको बताउनुहुँदै अधिकृत पोखरेलले सांस्कृतिक नगरमा बसी काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले सामाजिक र राजनैतिक क्षेत्रमा अझ क्रियाशील भई देश र समाजको निम्ति काम गर्न आवश्यक भएको, नेपाल कर्मचारी एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले व्यक्तिगत स्वार्थभन्दा संस्थागत र कर्मचारीको हितमा काम गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
बिदाई समारोहमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाकाबाट प्रकाशित भक्तपुर मासिकको संग्रह, नेपाल भाषा प्रकाशन ‘ख्वप पौ’ र मायाको चिनोको रुपमा मयुरको झ्याल प्रदान गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.