Explore news and happenings at Bhaktapur

काष्ठकला, हेयर कटिङ्ग र उन्नत सिलाई तालिमहरूको प्रमाणपत्र वितरण

२०७५ फागुन १७ गते, शुक्रबार ।

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित काष्ठकला, हेयर कटि· र उन्नत सिलाई तालिमहरूको प्रमाणपत्र वितरण कार्यक्रम भनपा सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले देशभरिको निम्ति आवश्यक जनशक्ति उत्पादन गर्न विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
भक्तपुरका तालिम प्राप्त दक्ष जनशक्तिहरूले देशको विभिन्न ठाउँमा गएर पुनःनिर्माण र जीर्णेद्धार कार्य गरिरहेको बताउनुहुँदै उहाँले रानीपोखरी पुनःनिर्माणमा प्राविधिक सहयोगको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुर नगरपालिकासँग सहकार्यको लागि आग्रह गरेको जानकारी बताउनुभयो ।

प्रमुख प्रजापतिले राम्रो शिक्षक बन्नको निम्ति विद्यार्थीकालदेखि राम्ररी अध्ययनमा जोड दिनुपर्ने बताउनुहुँदै प्राविधिक ज्ञान र सीपले व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले श्रमलाई सम्मान गर्न र देशको सेवा गर्ने उद्देश्यले काम गर्न मार्गनिर्देशन दिनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले यहाँको मौलिकता जोगई सबै क्षेत्रमा नमुनाको रुपमा काम गर्दै आएको र नगरपालिकाद्वारा सञ्चालित तालिमहरूले नगरवासीको आर्थिक स्तर उकास्न मद्दत पुग्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले आफूसँग भएको सीप प्रयोग गरी आत्मनिर्भर हुनुपर्ने र तालिमलाई सही ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्यहरू रोशनमैया सुवाल र कृष्णलक्ष्मी दुवाल र सरिना द्योला, काष्ठकलाका प्रशिक्षक विष्णुभक्त कुसीले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । काष्ठकलाका प्रशिक्षार्थीहरूले तालिममा बनाइएका आँखीझ्याल नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.