Explore news and happenings at Bhaktapur

भक्तपुर शिक्षा क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थल — प्रमुख प्रजापति

२०७५ फागुन १८ गते, शनिबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शैक्षिक विकासमा निजी क्षेत्रले पनि महŒवपूर्ण योगदान गर्दै आएको बताउनुभएको छ ।

भक्तपुर नगरपालिका वडा नं. १ स्थित लिटल वल्र्ड इ·लिस स्कूलको १८ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर जिल्ला शिक्षा क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थलको रुपमा अगाडि बढिरहेको धाराणा व्यक्त गर्नुभयो ।

‘भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई आफ्नो दायित्व सम्झेर कलेज र जनस्वास्थ्य केन्द्रहरु सञ्चालन गदैै आएको छ ।’ सरकार शिक्षाको जिम्मेवारीबाट पन्छिन खोजिरहेको विचार प्रमुख प्रजापतिले राख्नुभयो ।

देशको राजनीति राम्रो भए सबै क्षेत्र राम्रो हुने बताउनुहुँदै उहाँले विद्यार्थीलाई राजनीतिक शिक्षा विद्यार्थीकालदेखि नै सिकाउनुपर्ने, देशको सार्वभौमिकता रक्षाको निम्ति लड्न र अन्याय विरुद्ध संघर्ष गर्न विद्यार्थीलाई देशभक्तिको पाठ सिकाउनुपर्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयले देशलाई आवश्यक दक्ष जनशक्ति तयार गर्ने, विद्यार्थीलाई जीवन उपयोगी गतिविधिमा संलग्न गराउनुपर्ने र विद्यार्थीको व्यक्तित्व विकासमा महŒवपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

लिटिल वल्र्ड स्कूलका प्रिन्सिपल रुपेन्द्र पोखरेलले घोकन्ते विद्यालाई निरुत्साहित गरी व्यवहारिक शिक्षाको पक्षमा रहेको बताउनुहुँदै विद्यार्थीहरुलाई संस्कारयुक्त शिक्षा प्रदानमा विद्यालयले जोड दिएको बताउनुभयो ।

प्याब्सन भक्तपुर नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले विद्यार्थीहरुको सर्वा·ीण विकासको निम्ति पढाई सँगसँगै अनुशासन र अतिरिक्त क्रियाकलापमा संलग्न गराउनुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्मध्वज कार्की, ज्योति जंगमलगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रदर्शनी पनि प्रस्तुत गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.