Explore news and happenings at Bhaktapur

विद्या विकासमा वार्षिक खेलकुद कार्यक्रम

२०७५ फागुन १० गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयमा हुने खेलकुद गतिविधि तथा अतिरिक्त क्रियाकलापले शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत पुग्ने बताउनुभयो ।


नाचगानको राजधानी भक्तपुरका सबै नागरिकहरु कलाकरको रुपमा परिचित भएको बताउनुहुँदै उहाँले संस्कृतिमा अत्यन्त धनी देश नेपालका सम्पदाहरुको निरन्तर संरक्षण र प्रवद्र्धन गर्न सके विदेशी पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने बताउनुभयो ।
सरकारी विद्यालयको भन्दा निजी विद्यालयको नतिजा तुलनात्मक रुपमा राम्रो भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका सामुदायिक विद्यालयहरुको भौतिक सुधारको लागि शिक्षक–शिक्षिकाहरुलाई मन्टेश्वरीको तालिम र आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।
विद्या विकास स्कूलले देशको निम्ति आवश्यक जनशक्ति तयार गरिरहेको चर्चा गर्नुहुँदै सबै विद्यालयहरुले देशको निम्ति आवश्यक अनुशासित र क्षमतावान जनशक्ति तयार गर्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो ।
भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुदलगायतका विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गरिसकेको बताउनुहुँदै विद्यार्थीहरुलाई देशभक्त र कर्तव्यनिष्ठ भई देश र समाजको सेवा गर्ने भावनाले अभिप्रेरित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्या विकासका प्रिन्सिपल प्रदीप क्षेत्री, भक्तपुर नपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवां, वडासदस्यद्वय रञ्जना त्वाती र हेरा ख्याजुको पनि उपस्थिति थियो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.