Explore news and happenings at Bhaktapur

जनतालाई भरपर्दो स्वाथ्य सेवाको निम्ति ख्वप अस्पताल

रजनी जोशी

0

ज्ञान विज्ञानको केन्द्र र पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिलाई एक सिक्काको दुई पाटाको रुपमा लिंदै अघि बढिरहेको भ.न.पा.को यो अभियान ने.म.कि.पा. को मार्गदर्शनअनुरूप हाम्रो काम भइरहेको यहाँहरू सम्पूर्णलाई अवगत छ ।

 

आजको दिन विशुद्ध देश र जनताको सेवामा लाग्ने हामी जनप्रतिनिधिहरू÷प्राविधिकहरू एवम् समाजसेवीहरूका निम्ति अत्यन्त महत्वपूर्ण एवम् ऐतिहासिक क्षण हो । आज नेपाल मजदुर किसान पार्टीले बनाएको एउटा अत्यन्त महत्वपूर्ण लक्ष्यमध्येको एउटा लक्ष्यको शुभारम्भ हुने दिन जसलाई हाम्रा अग्रजहरूबाट लामो समयदेखि परिकल्पना गरिएअनुसारको ख्वप अस्पताल निर्माण हुन गइरहेको छ । आज हामीले हाम्रा श्रद्धेय नेता एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबाट हुन गइरहेको यस शिलान्यास कार्यक्रममा उपस्थित सम्पूर्णमा शुभ बिहानी एवम् सुस्वागतम् ।

हो, आज म अति नै खुशीको साथसाथै भावुक भइरहेको छु । मलाई गौरव महसुस भइरहेको छ किनभने म आज यहाँहरूको सामु उपमेयरको साथै एकजना आर्किटेक्टको रुपमा उभिएको छु । जसमा उपमेयरको नाताले नगर निर्माण र जनताको सेवा गर्ने लक्ष्य बोकेर आएको थिएँ भने म आफू आर्किटेक्ट भएको नाताले आफ्नो पनि यस योजनामा involve भएको साथै ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गका पुनः निर्माण समितिको सम्पूर्ण आर्किटेक्ट÷इन्जिनियरिङ्गबाट कार्यहरू भइरहेको अवगत गराउन चाहन्छु । कुनै आर्किटेक्ट÷इन्जिनियरलाई यदि आफूले गरेको काम आफ्नो सामु ठडिन्छ भने त्यो उसको लागि वरदान सावित हुनेछ, गौरवको विषय हुनेछ । यो आयोजना नै नगर एवम् देशकै गौरवको हुनेछ जहाँ देशभरिका जनसमुदायले आफ्ना रोगहरू उपचार गर्ने अवसर मिल्नेछ । यो नै हामी जनप्रतिनिधिहिरूले जनतालाई गरेको वाचा हो र यसलाई पूरा गर्न हामी समर्पित भएर लाग्ने यहाँहरूमा विश्वस्त पार्न चाहन्छौँ ।

ख्वप अस्पताल हामीहरूसामु एक आधुनिक अस्पतालको रूपमा रहनेछ । यो अस्पताल भनपाले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त २५ शैय्याको अस्पतालको रूपमा सुरु गर्दैछौँ र पछि गएर यसको क्षमता १०० शैय्यासम्मको हुने यहाँ अवगत गराउन चाहन्छु । यस ख्वप अस्पतालमा अब आँखा उपचारसहितको सुविधासम्पन्न अस्पताल बन्नेछ र निकट भविष्यबाटै हामी सबैले यस अस्पतालबाट आफ्नो उपचार गर्न पाउनेछौँ ।

ख्वप अस्पताल भवनको बारेमा यहाँहरूसमक्ष केही जानकारी राख्न चाहन्छु । यो भवन १० रोपनी १२ आना ३ पैसा २ दामको क्षेत्रफलमा जनस्वास्थ्य भवनको उत्तरतर्फको यस जग्गामा निर्माण गर्दैछौं । यस ख्वप अस्पताल basement सहितको हुनेछ र भवनसहितको basement को क्षेत्रफल ३–१५–०–०।७१ (३ रोपनी, १५ आना १ पैसा ०.७१ दाम) को हुनेछ भने भवनमात्रको (जमिनमाथि उठ्ने भाग) क्षेत्रफल २ रोपनी, १० आना १.९२ दाममा निर्माण हुने अवगत गराउन चाहन्छु । यस भवन प्रचलित मापदण्डअनुसार ५ तलाको हुनेछ ।

जसअनुसारbasement मा २८ वडा गाडी र ४५ वटा मोटरसाइकल पार्किङ्ग गर्न सकिन्छ । अस्पताललाई चाहिने अस्पतालका कपडा धुन Laundry, Mechanical room, Central Oxygen Supply room, Maintenance room, Electrical room, store room सहित रहनेछ । त्यसैगरी भुइँ तलामा १० बेडको इमर्जेन्सी रहनेछ । यस तलामा –Ray/Ct scan/MRI/Pathology Lab साथैMortury (शव गृह) रहनेछ । पहिलो तलामा Ultra Sound (भिडियो X–Ray) को व्यवस्थासहितको Maternity Ward ( सुत्केरी गराउने ठाउँ रहनेछ । दोस्रो तलामा २ वटाOperation Theater (Major/Minor) को व्यवस्था रहनेछ । यसै तलामा ICU nufot कुरुवाहरूको लागि कोठा रहनेछ । तेस्रो तला आँखा अस्पतालको लागि प्रस्ताव गरिएको छ । त्यसभन्दा माथि चौथो तल्लामा १५० जना अट्ने multipurpose हल र २२ जना अट्ने बैठक कोठा र प्रशासन शाखा रहनेछ । सँगसँगै यस अस्पताल वातावरणमैत्री÷अपाङ्ग मैत्री हुने पनि यहाँहरूसमक्ष राख्न चाहन्छु । यस अस्पतालको लागि वर्षात्को पानी सङ्कलन गरी आवश्यकताअनुसार प्रयोगमा ल्याइनेछ । यसले गर्दा केही हदसम्म पानीको परिपूर्ति हुनेछ । यस अस्पतालको लागि सौर्य ऊर्जा (Solar Energy) को बढीभन्दा बढी प्रयोगमा ल्याइने छ । आर्थिक लगानीको कुराभन्दा पनि हामीले हाम्रा नगरवासीको सेवा र सुरक्षालाई मध्यनजर गरेर यस अस्पतालको निर्माण गर्दैछौं । तथापि हामीले आफ्नो ‘घाँटी हेरेर हाड निल्नुपर्ने’ भएकोले यसमा पनि हामीले सूक्ष्म रुपमा Reasonable बजेटमा तर गुणस्तरीय निर्माण र सेवा दिने उद्देश्यका साथ ख्वप अस्पताल निर्माण समिति लागिपरेका छौँ ।

लागतको कुरा गर्नुपर्दा (भूमिगत तलादेखि जमिन तलाको Tie beam) basement Plinth सम्मको इस्टिमेट १२,६९९२,७९४।– (अक्षरेपी १२ करोड ६९ लाख ९२ हजार ७९४ (लागत) Plinth जसम्मको निर्माण असारसम्म सकिने लक्ष्य लिएका छौँ Plinth भन्दा माथि पूरै भवनको अनुमानित लागत ४५ करोड हुने र यसको detail analysis भइरहेको यहाँ अवगत गराउन चाहन्छु । हामीले यस बहु प्रतिक्षित ख्वप अस्पताल ३ वर्षभित्र सञ्चालन गर्ने लक्ष्य लिएका छौँ । यसको लागि यस आयोजनामा प्रत्यक्ष रुपमा संलग्न र सम्पूर्ण सरोकारवालासहित सम्पूर्ण नगरवासीहरूको साथ र सहयोगको अपेक्षा राखेका छौँ भने शुभचिन्तकहरूसँग पनि हातेमालो गर्न चाहन्छौँ । यसो हुन सकेमा मात्र हामीलेसमयमै आफ्नो लक्ष्यमा पुग्न सफल हुनेछौँ र हाम्रा जनताले आफ्नो स्वास्थ्य उपचार आफ्नै ठाउँमा सर्वसुलभ रूपमा गर्न पाउने छन् र स्वास्थ्य नागरिकहरूबाट आप्mना ठाउँ र देशको विकासमा स्थानीय सरकारसँग हातेमालो गर्दै देश विकासमा अग्रसर हुनसक्नेछौँ ।

(बिहीबार ख्वप अस्पताल शिलान्यास कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले दिनुभएको मन्तव्य–सम्पादक)

Leave A Reply

Your email address will not be published.