Explore news and happenings at Bhaktapur

स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्राथमिक उपचार सामग्री वितरण

भक्तपुर, २०७५ फागुन ९ गते विहीबार ।

0

नेपाल रेडक्रस सोसाइटी, भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सीबाट प्राप्त प्राथमिक उपचार सामग्री स्वास्थ्य स्वयम्सेविकाहरुलाई विहीबार वितरण गर्‍यो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले विरामीहरुलाई समयमै उपचार गर्न सके रोग पूर्ण रुपमा निको हुने र आकस्मिक दुर्घटना र घाउ चोटपटकलाई समयमै उपचार गर्न सके ठूलो क्षति हुनबाट जोगिने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षण कार्यलाई प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुहुँदै आज ख्वप अस्पतालको शिलान्यास भएको जानकारी गराउनुभयो ।


कार्यक्रममा भनपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासीवाले म्याद नाघेको औषधी विरामीको लागि विष समान हुने बताउनुहुँदै विरामीहरुको सयममै उपचार गर्न गराउन स्वयम्सेविकाहरुको विशेष भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि परशुराम पाण्डेले वितरित प्राथमिक उपचार सामग्री नगरबासीहरुको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुँदै आवश्यक भएमा स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गर्न सकिने बताउनुभयो ।


कार्यक्रममा कोइका (कोरियन इन्टरनेश्नल कोअपरेशन एजेन्सी)का कोरियन प्रतिनिधि ज्योतिले नेपाल रेडक्रस सोसाइटी र भक्तपुर नगरपालिकासँग सहकार्य गर्न पाउँदा आफू अत्यन्त खुशी भएको बताउनुभयो ।
प्राथमिक उपचार सामग्री वितरण कार्यक्रममा सिपिआर सम्बन्धी प्रस्तुति पनि गरेको थियो ।

Leave A Reply

Your email address will not be published.