Explore news and happenings at Bhaktapur

एभरेष्ट इङ्गलिश स्कूलको ३६ औं वार्षिकोत्सव

भक्तपुर, २०७५ फागुन १ गते, बुधबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयले अनुशासित विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने र विद्यार्थीहरु समाज सेवाको भावनाबाट अभिप्रेरित हुनुपर्ने बताउनुभयो ।

एभरेष्ट इङ्गलिस स्कुलको ३६ औं वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले विद्यालयको शैक्षिक गुणस्तर बढाउन पाठ्यक्रममा विशेष ध्यान दिनुपर्ने र विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउनु आवश्यक भएको बताउनुभयो ।
नगरपालिकाको पाक्षिक सरसफाइमा भक्तपुरका विद्यालयको सहभागिता उत्साहजनक भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको फोहोरलाई अर्थ उपार्जनमा रुपान्तरण गर्ने बारे नगरपालिकामा छलफल भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर नगरका सम्पदा र सार्वजनिक स्थलहरुको सरसफाइ तथा हरियाली व्यवस्थापनका कार्यमा जोड दिंदै ‘एक विद्यालय एक सम्पदा सरसफाइ’ को नीति अवलम्बन गर्दै नियमित सरसफाइको अभियानलाई अगाडि बढाइरहेको बताउनुभयो ।
उहाँले विद्यार्थीहरुमा भएको सहयोगी भावनाले समाजको रुपान्तरणमा टेवा पुग्ने बताउनुहुँदै विद्यार्थीहरुलाई देश र समाजको निम्ति प्रतिबद्ध भएर काम गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

एभरेष्ट इङ्गलिस स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले सीपयुक्त शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यार्थीको स्तरवृद्धिको निम्ति गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिइरहेको बताउनुभयो । उहाँले एभरेष्ट स्कूलले गुणस्तरीय शिक्षा प्रदानमा जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले एभरेष्ट जन्मदिन कोष २०७५ बाट संकलित रकमले स्याङ्जा जिल्लाको वालिङ नपा ४, रत्नेदोभानस्थित श्री हिमाली माध्यमिक विद्यालय तथा डोटी जिल्लाको दिपायल सिलगढी नपा ६ स्थित श्री पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयका प्रतिनिधिलाई पुस्तक हस्तारण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.