Explore news and happenings at Bhaktapur

भनपाद्वारा भनपा–२ स्थित शहिद स्मृति खेल मैदान सरसफाइ सम्पन्न

0

भक्तपुर नगरपालिकाको आयोजनामा शहीद दिवसको अवसरमा यही मिति २०७५ फागुन ५ देखि ७ गतेसम्म हुने अन्तर नगर कराँते प्रतियोगितालाई लक्षित गर्दै भनपा– २ स्थित शहिद स्मृति खेल मैदानको सरसफाइ कार्यक्रम बुधबार सम्पन्न भयो । साे कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरु, कर्मचारीहरु, विद्यालय र कलेजका शिक्षक र विद्यार्थीहरु, स्थानीय टीम, क्लब र नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सरसफाइ कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपा वडा न‌ ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पाक्षिक नियमित सरसफाइ कार्यक्रमले नगरवासीहरुमा सरसफाइ सम्बन्धी चेतना बढ्दै गएको बताउनु हुँदै ही मिति २०७५ फागुन ५ देखि ७ गतेसम्म हुने अन्तर नगर कराँते प्रतियोगिताको र्‍याली र समुद्‍घाटन कार्यक्रममा सकृय सहभागिताको लागि अपील गर्नुभयो । सो कार्यक्रममा वडा नं‍. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र वडा सदस्य श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.