नेपाल कर्मचारी समाज भक्तपुर जिल्ला समितिको आयोजनामा मंगलबार जिल्लास्तरीय कर्मचारी भेला सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारी समाजले राष्ट्रिय÷अन्तर्राष्ट्रिय घटनाबारे कर्मचारीहरूलाई शिक्षित बनाउनुपर्नेमा जोड दिनुभयो ।
कर्मचारीहरूले देशको राजनीतिक परिवर्तनको विषयमा जानकारी राख्नुपर्ने र सैद्धान्तिक स्तर उकास्न नियमित अध्ययनमा जोड दिनुपर्ने प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको काम अरु नगरपालिकाहरुको भन्दा पृथक र उदाहरणीय ढंगले अगाडि बढिरहेको बताउनुहुँदै व्यक्तिगत फाइदा भन्दा समाजको हितमा केन्द्रित भएर काम गर्न अभिप्रेरित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरूले देशको ढुकुटी रित्याउने हिसाबले सेवा सुविधा लिनु गलत भएको बताउँदै सैद्धान्तिक स्तरवृद्धिमा कर्मचारीहरुले जोड दिनुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका प्रतिनिधि पाण्डव सुवालले कर्मचारीहरु देशका प्रतिबद्ध र प्रशिक्षित वर्ग भएको र कर्मचारीहरू राजनैतिक रुपमा सचेत भएन भने देश दुघर्टनामा पर्नसक्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले भक्तपुर नगरपालिकाका कर्मचारीले नमुना र अनुकरणीय कार्य गर्न आह्वान गर्दै कर्मचारीहरूलाई सचेत र संगगित गर्नु कर्मचारी समाजको दायित्व भएको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल कर्मचारी समाजका निवर्तमान अध्यक्ष दिलकृष्ण माक र राजन जतिले पनि बोल्नुभएको थियो । साथै भेलाले काजीबहादुर पञ्चको नेतृत्वमा १७ सदस्यीय नेपाल कर्मचारी समाज भक्तपुर जिल्ला समिति गठन ग¥यो ।