Explore news and happenings at Bhaktapur

विदेशमा सिकेको ज्ञान र सीपले स्वदेशको सेवा गर्नुपर्छ – प्रमुख प्रजापति

२०७५ माघ २८ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पैसा कमाउन र ठूलो मान्छे बन्न भन्दा असल नागरिक बन्न र जनताको सेवा गरी समाजमा परिवर्तन ल्याउन शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो ।
मिनर्वा इ·लिस स्कुलको अभिभावक दिवस कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले सामुदायिक र निजी विद्यालयबीचको शैक्षिक गुणस्तरमा भिन्नताको अन्त्य गर्नुपर्ने र सबैलाई शिक्षामा समान पहुँचको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

स्थानीय भाषा र संस्कृतिलाई बिर्सन नहुने बताउनुहुँदै उहाँले भन्नुभयो – ‘शिक्षा लिएर विदेश जाने होइन बरु विदेशमा सिकेको ज्ञान र सीपले स्वदेशको सेवा       गर्नुपर्छ ।’

 

उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाअध्यक्ष कुमार चवाल, वागीश्वरी कलेजका प्रिन्सिपल धनकुमार श्रेष्ठ र मिनर्वा इ·लिस स्कुलका प्रिन्सिपल राजेन्द्र दुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सांस्कृतिक गुरुहरुलाई सम्मान र एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.