Explore news and happenings at Bhaktapur

कलेजका विनियमहरुबारे प्राध्यापकहरुबीच छलफल

भक्तपुर, २०७५ माघ २४ गते, बिहीबार ।

0

भक्तपुर नगरपालिकाको चौथो नगरसभाको बैठकबाट पारित भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको विनियम २०७५ बारे बिहीबारे छलफल कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजबाट देशभरिका विद्यार्थीहरुले कम शुल्कमा गुणस्तरीय शिक्षा पाइरहेको र भक्तपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा अरुको तुलनामा पृथक र उदाहरणीय रुपमा काम गर्दै आएको बताउनुहुँदै प्रमुख प्रजापतिले आर्थिक उदारीकरणको नाउँमा शिक्षालाई निजी क्षेत्रमा जिम्मेवारी दिएकै कारण सरकारी कलेजहरुको गुणस्तर बढ्न नसकेको बताउनुभयो ।

आर्थिक रुपले पछाडि परेका विद्यार्थीहरुको लागि सहुलियत दरमा शैक्षिक ऋण दिने उद्देश्यले भक्तपुर नगरपालिकाको चौथो नगरसभाले भक्तपुर नपामा स्थायी बसोबास गर्ने गरिब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु. ५ लाखसम्म शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका पारित गरेको जानकारी प्रमुख प्रजापतिले दिनुभयो ।

उहाँले कलेजमा कार्यारत कर्मचारी र प्राध्यापकहरुलाई इमानदारीपूर्वक काम गरी आफ्नो कार्यक्षेत्रका सेवा विस्तारमा सहयोग पुर्‍याउन जोड गर्नुभयो ।

उक्त कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवालले ख्वप इञ्जिनियरिङ कलेजको विनियममा उल्लेख परिच्छदहरुबारे प्रस्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.