Explore news and happenings at Bhaktapur

भक्तपुर नपाद्वारा अरनिको सभाभवन निर्माण स्थल सरसफाई कार्यक्रम

२०७५ माघ १५ गते म‌ंगलबार ।

0

भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाइअन्तर्गत म‌ंगलबार अरनिको भवन निर्माण स्थल सरसफाइ कार्यक्रम सम्पन्न गर्‍यो । कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधीहरु, कर्मचारीहरु, विद्यालय र कलेजका शिक्षक र विद्यार्थीहरु, स्थानीय दाफा, भजन, टीम, क्लब र नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सरसफाइ कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपाका कार्यवाहक प्रमुख रजनी जोशीले नगरपालिकाले उक्त स्थानमा यथाशिघ्र पूर्वघोषणा अनुसार अरनिको सभाभवन निर्माण गर्न नक्सा, डिजाइन तयार गरिसकेको र नेपाल सरकार पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालयबाट अनुदान प्राप्त हुने प्रकृयामा रहेकाे जानकारी गराउँदै सो अनुदान प्राप्त हुने बित्तिकै निर्माण कार्य शुरु गर्ने बताउनुभयो । उहाँले नगरपालिकाले सरसफाइको समस्याको दीगो समाधानका लागि अावश्यक तयारी गरिरहेको र  यस कार्यमा नगरवासीहरुको सहयोगको अावश्यकता रहेकाे बताउनुभयाे । कार्यक्रममा वडा न‌ ६ का वडाध्यक्ष हरिराम सुवाल, कार्यपालिका सदस्य रोशनमै‌या सुवाल, वडासदस्य गोविन्द दुवाल र भनपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले पनि बोल्नुभएकाे थियो ।

 

 

Leave A Reply

Your email address will not be published.