Explore news and happenings at Bhaktapur

जनतालाई विश्वासघात गर्नेहरु एक दिन फोहोर फाल्ने नालीमा फालिनेछन्

0

इटहरी, माघ १५ गते, मंगलबार ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वर्तमान सरकारको नाम कम्युनिष्ट तर चरित्र पुँजीवादी भएको बताउनुहुँदै जनतालाई विश्वासघात गर्नेहरु एक दिन फोहोर फाल्ने नालीमा फालिनेछन् भन्नुभयो ।

एभीन्युज टेलिभिजनका पत्रकार सचिन पोखरेलसँग मंगलबार भएको कुराकानीमा प्रमुख प्रजापतिले नेमकिपाले देश र समाज केन्द्रित राजनीतिलाई बढी प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले कार्य सञ्चालन गर्दै आएको बताउनुहुँदै नेता प्रजापतिले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी कार्य सञ्चालन गर्नेमा जोड दिनुभयो ।

उहाँले भक्तपुर नगरपालिकाले एनजीओ, आइएनजीओ र विदेशी सहायताविना नै भक्तपुरको सम्पदा संरक्षण र विकास निर्माणका कार्यहरु गर्दै आएको बताउनुहुँदै स्थानीय सरकारलाई दिएको अधिकार क्षेत्रभित्र बसी भक्तपुर नगरपालिकाले पारदर्शी र आर्थिक अनुशासन कायम गरी अगाडि बढ्ने बताउनुभयो ।

भक्तपुरको इतिहास, कला–संस्कृति, सम्पदा, खेलकुद, स्थानीय उपचार विधि लगायतका विचार नयाँ पुस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रम तयार गरी नगरपालिकाभित्रका विद्यालयहरुमा पाठ्यक्रम लागू गरिरहेको जानकारी दिनुभयो ।

उहाँले निजी र सरकारी विद्यालयको शैक्षिक गुणस्तरको भिन्नतालाई कम गर्दै लान भक्तपुर नपाले शिक्षक–शिक्षिकाहरुलाई विभिन्न तालिम सञ्चालन गरी स्तरवृद्धि गर्ने काम गरेको बताउनुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नपाले नगरको १० वटै वडामा नर्सको र स्वास्थ्य स्वयम्‌सेविकाहरुको व्यवस्थासहित घरदैलो नर्सिङ सेवा सञ्चालन गरिरहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.