Explore news and happenings at Bhaktapur

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भक्तपुर नगरपालिकाको प्रस्तुति

२०७५ माघ ११ गते शुक्रबार ।

0

संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा काठमाडौं उपत्यकाका भक्तपुर नगरपालिका, ललितपुर र काठमाडौं महानगरपालिकाको हालसम्म भएका विकास निर्माण, नगर व्यवस्थापन लगायतका कार्यहरु, घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धताहरु, कार्यसम्पादन हुन नसक्नुका कारणहरु, कार्यसम्पादनका क्रममा देखिएका समस्याहरु र भावी योजनाहरुको विषयमा छलफल कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा भाग लिनु हुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय तहको निर्वाचन पश्चात हालसम्म सम्पदा पुननिर्माण ६८ वटा, सडक स्तरोन्नतिका योजना १५ वटा, सडक ढुंगा र ईटा छपाई योजना २७ वटा, खानेपानीको लागि डिप बोरिड्ड र आवश्यक व्यवस्था सम्बन्धी योजना ७ वटा, सार्वजनिक जग्गा संरक्षण १ वटा, भवन निर्माण योजना १६ वटा र भक्तपुर अस्पताल निर्माण कार्य प्रारम्भ भएको प्रस्तुति गर्नुभयो ।

उहाँले नगरको व्यवस्थापनको लागि ऐन, नियम, कार्यविधि र निर्देशिका तयार पारी राजपत्र मार्फत सार्वजनिक गर्दै आएको, नियमित पाक्षिक सरसफाई भइरहेको, नगरवासीहरुको दक्षता वृद्धिको लागि सीपमूलक तालिम सञ्चालन भइरहेको, उपभोक्ता हकहितको लागि नियमित बजार अनुगमन भइरहेको, स्थानीय पाठ्यक्रम तयार गरी नगरका विद्यालयहरुमा लागू गरेको, जनस्वास्थ्य सञ्चालन गरी नगरबासीहरुलाई स्वास्थ्य सुविधा प्रदान गरिरहेको, घर घरमा नर्सिङ्ग सेवा शुरु गरेको, जनज्योति पुस्तकालयमा पर्याप्त सन्दर्भ पुस्तको व्यवस्था गरी अध्ययन सुविधा मिलाएको, नियमित रुपमा “भक्तपुर” मासिक र “ख्वप पौ” पाक्षिक पत्रिका प्रकाशन, वेवसाईट, अनलाईन पत्रिका, फेसबुक पेज, मोबाइल एप, एफ.एम. कार्यक्रम, अडियो नोटिस, वेव एस.एम.एस. सञ्चालन गरी नगरपालिकाका गतिविधिहरु पारदर्शी ढंगले सार्वजनिक गर्दै आएको समितिलाई जानकारी गराउनुभयो ।

उहाँले स्थानीय चुनावको बेला विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्न योगदान गर्ने अस्पताल सञ्चालन गर्ने, स्थानीय घरेलु र सानो उद्योगलाई प्रबद्र्धन गर्न हस्तकलाग्रामको व्यवस्थापन गर्ने, सस्कृतिक नगर घोषणा गराउन पहल गर्ने, भूकम्प पश्चातको पुनःनिर्माण सम्पन्न गर्ने, कृषि बजार र बधशालाको व्यवस्था गर्ने, आदर निकेतन व्यवस्था गर्ने लगायतका प्रतिबद्धता चुनाव घोषणापत्र मार्पmत व्यक्त गरेको स्मरण गर्दै कार्यसम्पादनको लागि पर्याप्त बजेट नहुनु, संघ, प्रदेश र स्थानीय तह बीच समन्वय नहुनु र संविधानको अनुसूचि ९ बमोजिमका अधिकारहरु बा“डफा“ड नहुनु लगायतका समस्याहरु रहेको जानकारी गराउनुभयो ।

उहाँले कार्यक्रममा प्रस्तुति गर्दै सम्पदा संरक्षणको लागि आवश्यक विभिन्न साइजका काठ सहज उपलब्ध नहुनु, दक्ष जनशक्तिको अभाव, सरकारी नम्र्स र बजार भाउमा भिन्नता हुनु, परम्परागत निर्माण सामाग्री सहज उपलब्ध नहुनु, ठेक्कापट्टाको काम कमसल हुनु, उपभोक्ता समिति मार्फत कार्य गर्दा बजेट सीमा अपर्याप्त हुनु लगायतका विभिन्न समस्याहरु कार्यसम्पादनको दौरानमा देखिएको जानकारी गराउनुभयो ।

उहाँले घोषणापत्रलाई पूर्ण कार्यान्वयन गर्न भक्तपुरलाई सा“स्कृतिक नगर घोषणा गराउने, पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने, ज्ञान विज्ञानको केन्द्र बनाउने, सफाईको नमूना सहर बनाउने, पारदर्शी र आर्थिक अनुशासित सहर बनाउने, ख्वप विश्वविद्यालय स्थापना गर्ने र ख्वप अस्पताल सञ्चालन गर्ने भावी योजनाहरु रहेको जानकारी गराउनुभयो ।

उहाँले माननीय सांसदहरु खेमराज नेपाली, कोमल ओली, रमेश प्रसाद यादव र खिमलाल भट्टराई लगायतले राख्नुभएको जिज्ञासालाई स्पष्ट पार्दै लगानी बोर्ड ऐन खारेज गर्नुपर्ने, पुरातत्व विभागले गर्ने पुननिर्माणको कार्य अनुगमन र नियमन गर्नुपर्ने, निर्माण सामाग्री परीक्षणको व्यवस्था मिलाउनुपर्ने, स्थानीय तहको स्वायत्तता माथि प्रदेश र संघबाट हस्तक्षेप गर्न नहुने, सार्वजनिक खरिद ऐन व्यवहारिक हुनुपर्ने धारणा राख्नुभयो ।  प्रस्तुति पछि प्रमुख प्रजापतिले प्रस्तुतिसँग सम्बन्धित तथ्य तथ्या‌ंक, भक्तपुर नगरपालिकाका राजपत्रहरु र प्रकाशनहरु समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।

छलफल कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि आ–आफ्ना महानगरपालिका सम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.