Explore news and happenings at Bhaktapur

स्वास्थ्यस्वयम्‌सेविकाहरुको वनभोज कार्यक्रम

0

२०७५ पुस १४ गते शनिबार

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रअन्तर्गतका महिला स्वयम‍्‌सेविकाहरुले शनिबार वनभोज कार्यक्रमको आयोजना गर्यो ।

उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वयम‍्‌सेविकहरुले समाजसँग घुलमिल भएर र जनता—नगरपालिकाबीचको पुल भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले जुनसुकै क्षेत्रमा काम गरेपनि जनताको सेवा गर्ने भावना हुनुपर्ने बताउनुहुँदै नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रअनुरुप कार्य गर्दै आएको र जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

भक्तपुरको स्वास्थ्य क्षेत्रमा स्तरीय सेवा दिने उद्देश्य नगरपालिकाको रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले विद्यालय र कलेजहरुमा पनि विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा दिने योजना रहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले नगरवासीको स्वास्थ्य सुविधाको निम्ति खटिनुभएका स्वयम‍्‌सेविकले राजनैतिक र वर्गीय समाजबारे सचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीको दृष्टिकोणअनुरुप काम गरी खाने जनताको सेवा गर्ने भावनाले उत्साहित भएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले स्वास्थ्य स्वयम‍्‌सेविकाहरुको कामले नगरवासीहरु लाभान्वित भएको र निःस्वार्थ रुपमा अझ जनताको सेवा गर्ने भावनाले प्रेरित हुनुपर्ने बताउनुभयो ।

 

 

 

Leave A Reply

Your email address will not be published.