Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाले सफा गर्‍यो हनुमानघाट परिसर

२०७५ पुस १५ गते, आइतबार ।

0

भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाइअन्तर्गत आइतबार हनुमानघाट परिसरको सरसफाइ कार्य सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका कर्मचारी, विद्यालय, दाफा, टीम, क्लब र स्थानीयको सहभागिता रहेको उक्त सफाइ कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सिंगो नगरलाई उदाहरणीय र सफाइमा नमुना नगरको रुपमा स्थापित गर्ने उद्देश्यले सफाइ अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो । 

उहाँले यहाँको कला–संस्कृति राम्रो भए देशकै निम्ति राम्रो हुने बताउनुहुँदै सरसफाइ प्रचारको निम्ति नभई सभ्यता कायम गर्नको निम्ति भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरभित्रका सबै क्षेत्रमा चरणबद्ध रुपमा सफा गरिरहेको र केही पूर्वाग्राही सोच भएका मानिसहरुले नगरपालिकाको कामको विरुद्धमा अनावश्यक प्रचार गरिरहेको बाउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले हनुमन्त्ते सफाइमा त्यहाँका श्रद्धालुहरुलाई व्यवस्थित तरिकाले फोहर फाल्न सचेत गर्नुपर्ने बताउनुभयो । कर्मचारी तथा जनप्रतिनिधिहरुले सफाइ अभियानलाई नियमित कार्यको रुपमा लिएर सेवाभावले काम गर्न उत्साहित गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य हरिरत्‍न गोर्खालीले सफा गर्नु सबैको दायित्व भएको र वडावासीहरुलाई पनि सचेत पार्दै सफाइ अभियानमा संलग्न गराउनुपर्ने

बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.